यस्तो छ तपाईंको आश्विन ७ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन ७ गते शुक्रबार, ई.सं.- २३ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष त्रयोदशी, नक्षत्र- मघा, योग- सिद्ध, करण- गर, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः५३, सूर्यास्तः १८ः५८ ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पु¥याउनेछन् ।

वृश्चिक : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?