नर्सिङ कलेज बन्द हुँदा रोजीरोटी गुम्ने चिन्ता

हिमालय टाइम्स
Read Time = 3 mins

दीपककुमार शर्मा/हिटा
बाँके । नर्सिङ पेशामा आबद्ध भएका शिक्षक तथा प्रशिक्षकलगायतका अन्य कर्मचारीले भविष्य धरापमा परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बाँकेमा रहेका पाँचवटा नर्सिङ कलेजहरूमा आबद्ध रहेका शिक्षक, प्रशिक्षक तथा अन्य कर्मचारीहरू गरी ६० जनाको रोजीरोटी गुम्न लागेको भन्दै उनीहरूले पत्रकार सम्मेलनमार्फत् सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले आगामी वर्षदेखि नर्सिङ कलेज बन्द गर्ने निर्णय गरेसँगै आफूहरू बेरोजगार हुने भन्दै उनीहरूले विकल्पको मागसमेत गरेका छन् । साथै नर्सिङ पढिरहेकाहरूको पनि भविष्य अप्ठेरोमा पर्ने भएको हुँदा यस विषयमा सोच्नुपर्ने उनीहरूको भनाइ छ । नर्सिङ कलेज बन्द भएको अवस्थामा बेरोजगार हुने अवस्था आउने भएकाले समयमै यस विषयमा सोच्नुपर्ने बेला आएको हुँदा समस्याको समाधानका लागि आफूहरूले आग्रह गरेको विमला डाँगीले बताउनुभयो ।

यस्तै, शिला रावतले लामो समयदेखि काम गर्दै आइरहेको ती स्थानमा आफूहरू स्थायी नभएका कारण पनि कलेजहरू बन्द हुँदा रोजीरोटी गुम्ने बताउनुभयो । नर्सिङ शिक्षासम्बन्धी नयाँ व्यवस्था आएपछि मुलुकभर ८० वटा नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेकाले त्यसमा कार्यरत दुई सय बढी शिक्षक, कर्मचारीहरूको रोजगारी गुम्ने देखिन्छ ।

वैकल्पिक व्यवस्थाबिना एकाएक नर्सिङ क्याम्पसमा कडाइ गरेर सरकारले गलत काम गरेकोतर्फ संकेत गर्दै १० वर्षदेखि मापदण्डमा बेवास्ता गर्ने सरकारले एकैचोटि बन्द गराउनुभन्दा क्रमशः मापदण्ड पालनाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । भेरी नर्सिङ कलेजका प्राचार्य नन्दिता रिजालले नर्सिङ कलेजले अस्पताल खोल्ने व्यवस्था गर्दा त्यसको क्षमताबारे सरकारले अध्ययन नगरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?