हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकाले विवाह गरेर ल्याएको भोलिपल्टै दिने कुरामा सहमत हुन नसकिने बताउनुभएको छ ।
चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न सकिँदैन् ।’
राजनीतिक दलहरू विशेषगरी युवाहरू राजनीतिक स्वार्थको गोटि बन्नु नहुने उहाँको भनाइ छ । उहाँले सरकार र दलहरूको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताउनुभयो ।
संविधान पतन हुनबाट जोगाउन दलहरूको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत अभिव्यक्ति दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच