चितवन । चितवनको भरतपुर महानगरपालीका-९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका-९ का ६२ वर्षीय प्राण जवारा रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
बिरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।
ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका