जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गर्नुभएकाे हाे ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गर्नुभएका श्रीपाइलीको करिब तीनदशकको राजनीतिक जीवन रहेको छ । उहाँ सल्यान जिल्लाका स्थायी बासिन्दा हुनुहुन्छ ।

श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?