छुटमा चामल बेच्दै खाद्य व्यवस्था कार्यालय भोजपुर

Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । बजारमा चामलको मुल्य बुद्धि हुदै जाँदा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय भोजपुरले चाड पर्वलाई लक्षित गरी कम मुल्य लिएर चामल बिक्री सुरु गरेको छ ।

चाड पर्वलाई ध्यानमा राखेर कार्यालयले प्रति केजी सात रुपैयाका दरले चामलको बिक्रीबितरण सुरु गरेको हो । बजारमा चामल मुल्य बढी रहँदा खाद्य ब्यवस्था कार्यालयले कम मुल्य लिएर चामल बिक्री गर्न सुरु गरेकाले यसले सर्वसाधरणलाई थप टेवा मिलेको स्थानीय सञ्जिव कार्कीले बताउनुभयो । कार्यालयले असोज महिनाबाट लागु हुने गरी छुटमा चामल सर्वसाधारणलाई बिक्री गर्न सुरु गरेको हो ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय भोजपुरले हाल एक हजार चार सय ७० रुपैया पर्ने ३० केजीको सोना मन्सुली चामल एक हजार दुई सय ६० रुपैया, एक हजार चार सय ७५ पर्ने २५ केजीको स्टिम चामल एक हजार तीन सय, २५ केजीको एक हजार सात सय पर्ने जिरा मसिनो चामल एक हजार पाँच सय २५ रुपैया र १० केजीको बासमति चामल एक हजार असी रुपैयाका दरले बिक्री गर्दे आई रहेको छ ।

दशै तिहार जस्ता चाड पर्वहरु नजिकिदै गर्दा अहिले बजार बिक्री गरिने चामलको मुल्य अत्याधिक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?