ब्याडमिन्टन टोलीको बिदाइ

Read Time = 1 min

काठमाडौं । भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले शुभकामनासहित टोलीको बिदाइ गरे ।

सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल शाही रहेका छन् ।

यस्तै, खेलाडीहरुमा डेभिड थापा मगर, सुरज गुप्ता, कविर केसी, साहिल चन्द, रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचन रहेका छन् ।

नेपाली टोलीले यु १५ र यु १७ मा महिला तथा पुरष एकल र युगल, मिक्स युगल र मिक्स टिम ईभेन्टस्मा प्रतिस्पर्धा गर्ने संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?