खोलामा पौडी खेल्दा बेपत्ता दुई बालकको शव भेटियो

सांकेतिक तस्बिर

Read Time = 1 min

-दीपककुमार शर्मा
बर्दिया । बर्दिया खोलामा नुहाउने क्रममा बेपत्ता भएका २ जना बालकको शव भेटिएको छ ।
बाँसगढी नगरपालिका वार्ड न माछागढका ९ वर्षिय विकल्प विक र सोही स्थानका ७ वर्षिय रोशन खत्रीको शुक्रवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

स्थानीय ज्ञान नदीमा नुहाउन गएका ती दुवै जना बालक विहिवार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खवर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोही खोलाको किनारमा शुक्रबार विहान फेला परेको हो ।

घरमा समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडी खेल्ने क्रममा डुवेको हुन सक्ने प्रहरी जनाएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?