नेपाल-रसिया चेम्बरमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । नेपाल-रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ, मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा रहनुभएको छ । महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल रहनुभएको संघले जनाएको छ ।

सदस्यहरूमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोखरेल, डा. उन्नत श्रेष्ठ, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रूपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?