कृषि बैंकको सञ्चालकमा दाहाल नियुक्त

Read Time = 1 min

काठमाडौं । सरकारले कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा सुमन दाहाललाई नियुक्त गरेको छ । नवनियुक्त सञ्चालक सदस्य दाहाल सरकारी सेवाको लामो अनुभवका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत हुनुहुन्छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य दाहाललाई बैंक सञ्चालक समिति बैठक नम्बर ९८३ का अध्यक्ष डा. राजेन्द्रप्रसाद मिश्रले शपथ ग्रहण गराउनुभएको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभएको छ ।

सो अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्य डा. इन्दिरा श्रेष्ठ (मास्के), सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागार्इं, प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?