एनआइसीको मोबाइल एपमार्फत् क्युआर भुक्तानी

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने, मर्चेन्टलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनोट गरी स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् भने एनआइसी एसिया बैंकमा खाता नभएका ग्राहकले पनि प्ले स्टोर वा एप स्टोरमा गई उक्त एप डाउनलोड गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?