इसेवाका भाग्यशाली पोखरेललाई एक लाख

Read Time = 2 mins

काठमाडौं । इलामका अनुपम पोखरेल ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका भाग्यशाली विजता बन्न सफल हुनुभएको छ । इसेवाले सञ्चालन गरेको उक्त योजनामा पोखरेलले नगद एक लाख रुपैयाँ जित्नुभएको हो । उहाँले नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क इसेवामार्फत् भुक्तानी गर्नुभएको थियो । इसेवाले बीमितलाई घरमै बसेर बीमाशुल्क भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।

योजनामा बम्पर उपहार विजेता पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार नगद जित्नुभएको छ । साथै पोखरेलले बीमा गर्नुभएको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद २० हजार नगद प्राप्त गरेको छ ।

विजेतालाई शुक्रबार एक कार्यक्रमबीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गर्नुभएको हो । लखपति योजनाभर इसेवाबाट बीमाशुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक-एक हजार रुपैयाँ जित्न सफल भएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?