ग्लोबलको दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले दुई वर्षमै मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् ।

मुद्दती निक्षेप खाता खोल्न निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । दुई वर्ष समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ । योजनामा सहभागिताका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?