‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै विकल्प

Read Time = 2 mins

काठमाडौं । ‘म्यानहन्ट नेपाल २०२२’ विकल्पराज श्रेष्ठ फिलिपिन्सतर्फ लाग्नुभएको छ । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उहाँ शुक्रबार मध्याहृन त्यसतर्फ उड्नुभएको हो । श्रेष्ठलाई प्रतियोगितामा ग्रुप अफ इभेन्ट इन्टरटेन्सले पठाएको हो । इन्टरटेन्सले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताजसहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो ।

४० विभिन्न राष्ट्रका प्रतिनिधिले सहभागिता जनाउने प्रतियोगितामा श्रेष्ठ नेपालको एक्लो सहभागी हुनुहुन्छ । विशेष गरेर मोडलिङ विधालाई फोकस गर्ने ‘म्यानहन्ट इन्टरनेशन’ ले यसपटक सुपर मोडल भनेर विजेता छान्दैछ । यो पुरुषहरूको सहभागिता रहने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता पनि हो ।

यसअगाडि नेपालबाट यो प्रतियोगितामा प्रशान्त ताम्राकार, अनुपविक्रम शाहीलगायतले सहभागिता जनाउनुभएको थियो । प्रतियोगितामा विकल्पलाई भोट पनि गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?