बैगुुनीलाई गुन गरौँ

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

महाभारत एउटा विशालकाय ग्रन्थ हो । संसारका मानिसलाई चाहिने सबै कुुरा महाभारतमा रहेका छन् । महाभारतको युुद्ध र त्यसले निम्त्याएको भारलाई बाहिर ल्याउँदा सबै सकारात्मक र नकारात्मक शोच बाहिर आएका हुुन्छन् । यही अवस्थाको चित्रण र त्यसले व्यक्त गर्ने मानव चिन्तनको धरातल महाभारतमा जीवन्त बनेर आएको छ । महभारतमा गुुनीलाई बैगुुन र बैगुुनीलाई गुुन लगाउने अवस्थाका सन्दर्भहरू धेरै देखिएका छन् । यही सन्दर्भमा एउटा प्रसङ्ग जीवन्त बनेर आएको पाइन्छ ।

महाभारत युद्ध सकिएको अवस्थामा तत्कालीन हस्तिनापुरका प्रधान धृतराष्ट्र जीवित रहे । गान्धारी र धृतराष्ट्रको पहिचान हस्तिनापुरका सेवकका रूपमा देखिएको थियो । उनका सबै पुुत्रहरूको मृत्युु भएपछि उनी र गान्धारीको बसाइ हस्तिनापुरमा भयो । महाभारतको सबै कर्मका अपजशकर्ता धृतराष्ट्रको बसाइ बडो सहजतापूूर्वक युुधिष्ठिरका राज्यमा भयो । युुधिष्ठिरलगायत पाण्डवहरूले धृतराष्ट्रको गतिलो तरिकाले सेवा गरे । सेवा, आदरभाव, सम्मान र सत्कारमा कुनै किसिमको कमी आएन ।

युुद्धको परिणाम कहिले पनि सुुखद हुुँदैन । युद्धले सर्वनाश निम्त्याएको हुुन्छ । सर्वनाश शत्रुुपक्ष र आफ्नो पक्षको पनि हुुन्छ । यो कुरा धृतराष्ट्रले पहिले बुुझेनन् । युुद्ध हुुनुुपूर्व बुुझेको भए यो अवस्था आउने थिएन ।

महाभारतका सबैभन्दा खलपात्रका रूपमा धृतराष्ट्र रहे । उनको पुुत्रमोह जीवनको सबैभन्दा ठूलो अपजशको कारण बन्यो । उनीभित्रको पुुत्र र राज्यमोहले त्यति विशाल युुद्ध त्यो युुगमा भयो । युुद्धको सबै सन्दर्भ तत्कालीन समयको माग हो वा सत्यलाई स्थापित गर्ने मान्यता हो । सत्यलाई जीवन्त बनाउने भावले महाभारतको युुद्धले सबैलाई शस्त्रसहित उभ्यायो युद्धको मैदानमा । युुद्धको मैदानमा उभिएका वीरहरूमृत्युुलाई वीरगतिको रूपमा हेरिरहे । जीवनका हरेक क्षणलाई धर्म र अधर्मको मध्यबिन्दुुमा उभ्याए ।

हरेक समयलाई तत्कालीन समयका योद्धाले वीरताका माध्यमबाट बाहिर ल्याए । आफूलाई र आफ्नालाई जोगाउन तथा युुद्धमा वीरता देखाउने उद्देश्यले समरभूूमिका उतारे । त्यो युुद्ध अठार दिन चल्यो । अठार दिनको युुद्धपछि धृतराष्ट्रका सबै छोराहरूको मृत्युु भयो । सबै छोराहरूको मृत्युुपछि धृतराष्ट्रले युुधिष्ठिरको राज्यमा रहेर आफ्नो राजकीय धर्मलाई अक्षरशः पालन गरे । यही थियो उनको जीवनको महत्तम परिवेश र परिस्थिति पनि जसमा युुद्ध नै शासनको निर्णय बन्यो ।

सेवाको भाव :
आफ्ना ज्येष्ठपिता धृतराष्ट्र आफूू र आफ्ना भाइहरूको सेवा लिएर बसिरहेका छन् हस्तिनापुरमा । उनको हस्तिनापुरको बसाइ ठीक थियो वा थिएन । सदा पाण्डवको पतन चाहने, पाण्डवलाई मृत्युु भएको अवस्थामा देख्न रुचाउने, सकेसम्म मेरो पुुत्र नै हस्तिनापुरको उत्तराधिकारी बनोस् भन्ने कल्पनामा रमाउने, आफ्नोबाहेक अरूको भलो नचाहने धृतराष्ट्रको सेवामा हस्तिनापुरका तत्कालीन प्रधान युुधिष्ठिरलगायत उनका सबै भाइहरू समर्पित रहे ।
धर्मराजश्च भीमश्च सव्यसाची यमावपि
तत् सर्वमन्वपर्तन्त तस्य प्रियचिकीर्षया ।।
धर्मराज युधिष्ठिर, भीम, अर्जुुन, नकुल र सहदेव धृतराष्ट्रको सेवाका लागि सदा समर्पित रहे । उनीहरूको भावना र उनीहरूको चाहना माता गान्धारी र ज्येष्ठपिता धृतराष्ट्रको जीवनलाई सदा गति दिने उद्देश्यले प्रेरित बनेर रहृयो । सेवामा तत्परता, आदरमा सम्मान नै पाण्डवहरूको आदर्श बन्यो । महाभारतको युुद्धका प्रमुुख कारण स्वयं धृतराष्ट्र हुुन् । उनमा पुुत्रमोह नभएको भए, भीष्म, विदुुर, द्रोण, कृपाचार्यको सल्लाह मानेको भए, आफ्नी पत्नीको आशयलाई बुुझेका भए, राज्यलाई न्यायपूूर्वक सञ्चालन गरेको भए सायद महाभारतको युद्धले विराम पाउने थियो ।

अन्यायको बाटो रोजेर पुुत्रमोहमा फसेका धृतराष्ट्रको जीवनले महाभारतको युुद्ध भोगेको सत्य हो । आफू शासक बनेर गतिलो तरिकाले शासन चलाएको भए महाभारतले जीवनलाई मृत्युुको मुुखमा लैजाने थिएन होला ? तर त्यसो हुन सकेन र युुद्ध भयो । त्यो युुद्धको शिकार तत्कालीन भारतवर्षका सबै शासक र जनता बनेको तथ्यलाई नकार्न सकिँदैन । यही थियो तितो सत्य त्यो समयको । आफूूप्रति अन्याय गरेका सदा कुुभलो चिताउने धृतराष्ट्रप्रति पाण्डवहरूको भाव कहिले पनि नकारात्मक रहेन । उनीहरू सदा ज्येष्ठपिताको आज्ञाकारी पुत्र बनेर रहे ।
ततस्ते सहिताः पञ्च भ्रातरः पाण्डुुनन्दन
तथाशीलाः समातस्थुुधृतराष्ट्रस्य शासने ।
पाँच पाण्डव सदा धृतराष्ट्रको आज्ञापालनमा तत्पर रहे । सबै पाँच भाइ आफ्ना ज्येष्ठपिताको आज्ञालाई पालन गर्ने उद्देश्यले निरन्तर सेवामा तल्लीन रहे । आफ्ना ज्येष्ठपिताको आज्ञा उनीहरूका लागि जीवनको मूल मार्ग बन्यो । यही मार्ग पाण्डवहरूको आधार बन्यो सत्कार्यको । यो सेवाभाव पिताप्रति नभएर धर्मराजको शासनको काम र कर्तव्य थियो । युुधिष्ठिरको आज्ञालाई अरू उनका चार भाइले आज्ञा नभएर कर्तव्यका रूपमा माने । कर्तव्य नै उनीहरूको पहिलो आधार र आचरण बन्यो । आचरणमा रहनुु, दाजुको आज्ञालाई सदा शिरोधार्य गर्नु, उनीहरूको जीवनको आधार बन्यो ।

यही आधारमा टेकेर सदा समर्पित यिनीहरूको जीवन कर्म र कर्तव्यप्रति अविचलित रहृयो । कर्मप्रतिको विश्वास नै उनीहरूको केन्द्र बनेर आएको देखियो । भाइभाइका बीचको सम्बन्ध र त्यो सम्बन्धले निम्त्याएको आधारलाई उनीहरूले सदा जीवनको आधारभूूमि माने । त्यही आधारमा टेकेर भातृत्वको विकास भएको हो । त्यो भातृत्वको विकास उदाहरण बन्यो सनातन परम्परामा ।

धृतराष्ट्रको सन्तोष :
सय पुुत्रका पिता, हस्तिनापुरका शासक आफूूले कुुभलो चिताएका मानिसहरूको साथमा छन् । उनी आफ्ना सन्तान गुुमाएको शोकमा शोकाकूल छैनन् । युुद्ध नसकिने समयसम्म सदा आफ्नाको जित चाहे । दुुर्योधनको विजय चाहे । पाण्डवप्रति नकारात्मक शोच राखे । कृष्णलाई युुद्धको नायक माने । कृष्णका कारण युुद्ध भएको हो भन्ने ठाने । युुद्धको परिणाम कहिले पनि सुुखद् हुुँदैन । युद्धले सर्वनाश निम्त्याएको हुुन्छ । सर्वनाश शत्रुुपक्ष र आफ्नो पक्षको पनि हुुन्छ । यो कुरा धृतराष्ट्रले पहिले बुुझेनन् । युुद्ध हुुनुुपूर्व बुुझेको भए यो अवस्था आउने थिएन ।

युद्धको समापन आफ्ना पुुत्रहरूको सर्वनाशपछि भयो । उनीसँग बस्ने आधार थिएन, खाने गाँस थिएन, लगाउने वस्त्र थिएन । पाण्डवहरूको भलो कहिले पनि नचिताएको हुनाले त्यहाँ बस्ने आधार गुुमाएका थिए धृतराष्ट्रले तर त्यसो भएन । स्वयं उनी भन्छन् ः
वर्तमानेषुु सद्वृत्तिं पाण्डवेषुु महात्मसुु
प्रीतिमानभवद् राजा धृतराष्ट्रोऽम्बिकासुतः ।।
अम्बिकानन्दन धृतराष्ट्रप्रति पाण्डवहरू सधैँ राम्रो र असल व्यवहार गर्दथे । उनी पाण्डवहरूप्रति सदा खुसी देखिन्थे । यो सन्तोष उनलाई उनको कर्म र उनको व्यवहारले दिएको होइन । उनलाई त पाण्डवले देखाएको बैगुुनीलाई गुुनले मार्नुुपर्ने अवधारणाको आधार थियो । यही आधारमा टेकिएको थियो धृतराष्ट्रको जीवनको रहस्य । यो रहस्यलाई उनले बुुझ्ने प्रयास गर्न सकेनन् ।

धृतराष्ट्रलाई पुुत्रको अभावले सताएन पाण्डवहरूसँगको सहयात्रामा । छोराहरूको मृत्युुले शोकमा डुुबेका उनलाई शोकले कहिले पनि पिरोलेन । वैराग्यको अवस्था आउन पाण्डवहरूले दिएनन् । यही थियो उनीप्रतिको सदभाव र सत्प्रेरणा । यही सत्प्रेणालाई उनी भन्छन् ः
न तां प्रीतिं परामाप पुुत्रेभ्यः स कुुरूद्वहः
यां प्रीतिं पाण्डुुपुुत्रेभ्यः सदावाप नराधिपः ।।
पाण्डवहरूको व्यवहारका कारण राजा धृतराष्ट्रलाई कहिले पनि पुुत्रहरूको अभाव भएन । उनीहरूको सत्कार र आदरभावमा उनी पूूर्णरूपमा सन्तुुष्ट देखिए । यो धृतराष्ट्रको सन्तोष थियो । यो सन्तोष उनले हस्तिनापुरको शासक भएको समयमा पाएनन् । सय भाइ छोराहरूले घेरिएको समयमा पाएनन् । जीवन उच्च अवस्थामा पुुगेको समयमा पाएनन् । सबै भौतिक सम्पनताले घेरिएर रहेको समयमा पाएनन् तर पछि युधिष्ठिरका राज्यमा पाए । यो सन्तोषले उनलाई जीवनको महत्व, छोराहरूको कर्तव्य र उनीहरूले गर्ने आदरभावको ज्ञान भएको छ । यही ज्ञानले उनलाई जीवनको महानता सम्झाएको छ ।

मानिस बनौँ । मानवीय भावनाले भरिएर बसौँ । मानिसका कर्मलाई निरन्तर गतिशील बनाएर अघि बढौँ । हस्तिनापुरका प्रधानले जसरी बैगुुनीलाई गुनले समाप्त पारे त्यसरी नै समाजका हरेक सन्दर्भमा क्रियाशील भयौँ भने हामी मानिसको जीवन पनि सुखको मार्गमा समर्पित रहनेछ ।

मानिसको कर्म :
हामी मानिस । संसारमा सबैभन्दा ज्ञानवान् प्राणी । हामीले जहिले पनि संसारमा प्रकृतिभन्दा आफूलाई माथि उठाउने प्रयास ग¥यौँ । जीवनका हरेक क्षणलाई आफ्नो भलोका माध्यमबाट बाहिर ल्यायौँ तर हामीले मानवीय कर्म र मान्छेको भावलाई भुुल्यौँ । चेतनाको विकासमा अग्रगामी बन्यौँ । मानिसको कर्ममा जीवन्त बनेर देखियौँ आफ्नो र आफन्तका लागि मात्र तर सकेनौँ गुुन गर्न अरूलाई । सदा बैगुुनी बनेर उभियौँ यो संसारमा । जीवनको मार्गमा र जीवनका हरेक सन्दर्भमा ।

मानिस बनौँ । मानवीय भावनाले भरिएर बसौँ । मानिसका कर्मलाई निरन्तर गतिशील बनाएर अघि बढौँ । हस्तिनापुरका प्रधानले जसरी बैगुुनीलाई गुनले समाप्त पारे त्यसरी नै समाजका हरेक सन्दर्भमा क्रियाशील भयौँ भने हामी मानिसको जीवन पनि सुखको मार्गमा समर्पित रहनेछ । यही भावलाई बोकेको छ युुधिष्ठिरमा विद्यमान् उपकारी भावनाले ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?