पुस्तक : नेपालको बाल उपन्यास ‘दाजु-बहिनीका कुरा’

✍️ सुशीला घिमिरे
नारायण नेपाल नेपाली साहित्यमा अग्रज व्यक्तित्वका रूपमा चिनिनु हुन्छ । उहाँ लेखिरहनुहुन्छ । यसरी लेख्दालेख्दै उहाँका लगभग दुई दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् । उहाँ नेपाली र अंग्रेजी दुवै भाषामा हात चलाउँदै आउनुभएको छ । उहाँलेविद्यालय तहलाई लक्ष्य गरेर विभिन्न विषयका पुस्तक लेख्नुभएको छ भने साहित्यमा उहाँले उपन्यास, कथा, गजल, मुक्तक, सबाईलगायतका विधामा हाल चलाउँदै आउनुभएको पाइन्छ । उहाँले केही पुस्तकहरूको सम्पादन समेत गर्नु भएको छ । विशेषगरी उहाँको लेखन बालसाहित्यतर्फ प्रबल रूपमा देखापर्दछ ।

उहाँको हालै प्रकाशित यो ‘दाजु-बहिनीका कुरा’ शीर्षकको उपन्यास पनि बाल साहित्यकै हो । बालबालिकाका लागि लेखिएको छ यो उपन्यास । बालसाहित्य बालकहरूका लागि लेखिन्छ । लेखक बालक होस् वा प्रौढ तर त्यो बालकका लागि लेखिनुपर्दछ । नारायण नेपाल शिक्षण पेशामा संलग्न हुनुहुन्छ । त्यसैले उहाँ आफ्नो पेशा केन्द्रित लेखन वा बालसाहित्य लेखनमै लाग्नुभएको हो भन्न सकिन्छ । बालसहित्यको सिर्जना प्रौढसाहित्यको सिर्जनाभन्दा गाह्रो काम हो । बालकले बुझ्ने भाषा, शैली, शिल्प, र शब्द चयनदेखि वाक्यगठनमा समेत राम्ररी ध्यान दिएरमात्र बालसाहित्य रचना गर्नुपर्नेहुन्छ । बालकको मनोविज्ञान बुझेर लेख्नु त छँदैछ ।

यस औपन्यासिक कृति ‘दाजु-बहिनीका कुरा’ मा दाजु रञ्जन र बहिनी अस्मिना, उनीहरूका बाबुआमा, साथीहरू रिचा, लाक्पा, तथा उनीहरूका शिक्षाकहरूलाई पात्र बनाएर सुललित भाषिक बान्की खिप्दै अगाडि बढ्छ । बालबालिकाका लागि सकारात्मक सन्देश छोडेर उपन्यासको कथानक समापन हुन्छ ।

त्यसैले यो कठिन काम हो भनिएको हो तर उहाँले त्यही कठिन कार्यमै हाल हाल्नुभएको छ । उहाँको हालै प्रकाशित बालउपन्यास ‘दाजु–बहिनीका कुरा’ भुँडीपुराण प्रकाशनबाट प्रकाशित भएको छ । लेआउटको कार्य पनि भुँडीपुराण डेस्कबाटै भएको छ भने यसमा समावेश भएका चित्रहरू माया शेर्पा तथा अन्य केही व्यक्तिहरूबाट सिर्जना तथा संकलन भएका छन् । प्रथम संस्करणका रूपमा पुस्तक हालैमात्र वा २०७९ भदौ महिनामा सार्वजनिक भएको छ । सानो गोजी साइजको पुस्तक भएका कारण बालबालिकाका लागि बोकेर हिँड्न पनि यो पुस्तक सहज छ ।

भूमिका खण्डमा ८ र पाठ्य खण्डमा ४४ गरी यस पुस्तकमा जम्मा ५२ पृष्ठ छन् । पुस्तकको मूल्य एक सय रुपैयाँ छ । समर्पणमा ‘आख्याना रुचि राख्ने सम्पूर्ण बालमनमा समर्पित’ भनिएको छ । त्यसैगरी कृतिकारको ‘मेरा कुरा’ पनि यही खण्डमा रहेको छ । आवरण पृष्ठ आकर्षक छ । माथि हल्का पहेंलो र तल हल्का हरियो रंगको पृष्ठभूमिमा बीचमा पुस्तकको शीर्षक मिल्दोजुल्दो दाजुबहिनी जस्ता देखिने साना दुईजना बालबालिको तस्वीर राखिएको छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक छ र तल साना अक्षरमा लेखकको नाम रहेको छ ।

पुस्तकमा सेतो तौलयुक्त कागज प्रयोग भएको छ । छपाइ स्तरीय छ तर कतै-कतै अशुद्धिहरू छोडिएका छन् । पृष्ठ आवरणमा उपन्यासकार नेपालको फोटोसहित परिचय दिइएको छ । जसअनुसार उहाँको स्थायी घरबास चताराधाम बराहक्षेत्र, सुनसरी र उहाँको जन्ममिति २०२५ साल पुस १६ गते भन्ने देखिन्छ । हाल उहाँ रामहिटी बौद्ध काठमाडौंमा बस्तै आउनु भएको छ । उहाँका कृतिहरूको सूची पनि यही पृष्ठमा उल्लेख गरिएको छ । यहाँ जानकरी गराइए अनुसार उहाँका ११ वटा पुस्तकहरू अंग्रेजीमा र ११ वटा पुस्तक नेपालीमा प्रकाशित भएका पाइन्छन् । पृष्ठ आवरणमै प्रकाशक संस्था भुँडीपुराण प्रकाशनको नाम लोगोसहित दिइएको छ ।

यस औपन्यासिक कृति ‘दाजु-बहिनीका कुरा’मा दाजु रञ्जन र बहिनी अस्मिना, उनीहरूका बाबुआमा, साथीहरू रिचा, लाक्पा, तथा उनीहरूका शिक्षाकलाई पात्र बनाएर सुललित भाषिक बान्की खिप्दै अगाडि बढ्छ । बालबालिकाहरूका लागि सकारात्मक सन्देश छोडेर उपन्यासको कथानक समापन हुन्छ ।

समग्रमा पुस्तक बालकको अभिरुचिनुसारको छ । सानो, छरितो र एक बसाइमा पढिसकिने खालको छ । पुस्तकमा ठाउँठाउँमा सन्दर्भअनुसारका चित्र र फोटाहरू राखिएका हुँदा बालकहरूको लागि पुस्तक मनोरञ्जकसमेत भएको छ । पुस्तक प्रकाशनका लागि उपन्यासकार नारायण नेपाललाई बधाई तथा पुस्तकको सफलताको कामना । साथै उहाँबाट यस्ता अन्य कृतिहरूको सिर्जनाका लागि अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?