एक महसा ढलिन, लाखौं खडा भएर नारा लगाउँदैछन्, ‘आजादी’

इरान : प्रहरी हिरासतमा एक महिलाको मृत्युपछि प्रदर्शन चर्कियो, सरकारी टिभीले नै मृत्यु हुनेको संख्या २६ बताएको छ।

Read Time = 11 mins

काठमाडौं । इरानको नैतिकता पुलिसले गत हप्ता एक २२ वर्षीया महिला महसा अमिनीलाई इस्लामिक पोशाकसम्बन्धी कडा कानुनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो। हिरासतमा रहेका बेला तीन दिनपछि अमिनीको संदिग्ध परिस्थितिमा मृत्यु भयो, जसका कारण इरानमा व्यापक विरोध प्रदर्शन भइरहेको छ। एक जना महसा मारिएपछि अहिले इरानका सडकमा लाखौं महसाहरू खडा भएका छन्, इरानको कट्टरपन्थी सरकारका विरुद्ध।

यो विरोध प्रदर्शनबाट आत्तिएको सरकारले इन्टरनेट बन्द गर्नुका साथै ह्वाट्सएपलगायतका एप्पिलिकेशनहरू चलाउनमा अवरोध खडा गरेको छ। यसका साथै सरकारको समर्थनमा जुलुसहरू आयोजना गर्न थालेको छ।

इरानमा गत साता प्रहरी हिरासतमा २२ वर्षीया युवतीको मृत्यु भएपछि प्रदर्शनकारी र इरानी सुरक्षा बलबीच भएको झडपमा अहिलेसम्म कम्तीमा पनि ३५ जनाको मृत्यु भएको छ ।सरकारी टेलिभिजनले हिंसामा मृत्यु हुनेको संख्या २६ सम्म हुन सक्ने बताएको छ । इस्लामिक ड्रेस कोडको विरोधमा देशका महिलाहरु सडकमा उत्रिएका छन् । इरानमा हालको हिंसा उत्तरपश्चिमी कुर्दिश सहरकी २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको थियो, जसलाई गत हप्ता राजधानी तेहरानमा इस्लामिक पोशाकसम्बन्धी कडा कानुन उल्लङ्घन गरेको आरोपमा देशको नैतिक प्रहरीले पक्राउ गरेको थियो।

भिडियोमा महसालाई गिरफ्तार गर्दा लामो कालो गाउन ९अबाया० र सरकारले आदेश दिएको इस्लामिक हिजाब लगाएको देखिएको छ। घटनापछि ठूलो सङ्ख्यामा महिला हिजाबको विरोधमा सडकमा उत्रिए र ‘आजादी’को नारा लगाउँदै धेरै महिलाले हिजाब जलाएको भिडियो सार्वजनिक भएको छ ।केहीले शासनमा इस्लामिक धार्मिक नेताहरूको प्रभाव अन्त्य गर्न आह्वान गरिरहेका छन्। प्रदर्शनकारीहरू ‘तानाशाहलाई मृत्यु’ र ‘मुल्लाहरू देश छोड’ जस्ता नारा लगाएका देखिन्छन् । तेहरान र मुसाद सहरहरूमा महिलाहरूले व्यापक प्रदर्शन गरेका छन्।

महसाको अन्त्येष्टिपछि गत शनिबार (सेप्टेम्बर १९) को विरोध प्रदर्शनदेखि हालसम्म २६ प्रदर्शनकारी र प्रहरीको मृत्यु भएको सरकारी टेलिभिजनका एक न्यूजकास्टरले बिहीबार राती बताएका थिए। उनले आधिकारिक तथ्यांक पछि सार्वजनिक गरिने बताए तर इरान सरकारले विगतमा भएका घटनाबाट मृत्यु हुनेको संख्या आधिकारिक रूपमा सार्वजनिक गरेको छैन।

समाचार एजेन्सी द एसोसिएटेड प्रेस (एपी) को राज्य र अर्ध/आधिकारिक मिडियाको बयानमा आधारित एक तथ्याङ्क अनुसार हिंसामा कम्तिमा ३५ व्यक्तिको मृत्यु भएको छ।

हालै, काज्विनका डेपुटी गभर्नर अबोलहसान काबिरीले उत्तर-पश्चिमी प्रान्तका दुई सहरहरूमा भएको हिंसामा एक नागरिक र एक अर्धसैनिक अधिकारीको मृत्यु भएको बताएका छन्।

इरानमा चलिरहेको विरोध धेरै वर्ष पछि सबैभन्दा खतरनाक अवस्थामा पुगेको छ र सामाजिक दमन र देशमा बढ्दो संकटबाट आक्रोशित प्रदर्शनकारीहरूले कम्तिमा एक दर्जन शहरहरूमा सुरक्षा र अर्धसैनिक बलहरूको सामना गर्न जारी राखेको छ।

इरानको मोरालिटी पुलिसले गत हप्ता २२ वर्षीया महसालाई हिजाबले कपाल राम्ररी नढाकेको आरोपमा पक्राउ गरेको थियो। महसाको तीन दिनपछि शंकास्पद अवस्थामा मृत्यु भयो।धेरै जसो अशान्ति इरानको उत्तरपश्चिमी कुर्द जनसंख्यामा केन्द्रित छ, तर राजधानी र कम्तिमा ५० शहरहरूमा फैलिएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो ।महसा कुर्दिस्तान प्रान्तका बासिन्दा हुन। उनको मृत्युको पश्चिमी देशहरू, युरोपेली संघ र संयुक्त राष्ट्र संघले कडा निन्दा गरेको छ र घटनाले देशभर आक्रोश फैलाएको छ।

महसाको हृदयघातका कारण मृत्यु भएको र दुर्व्यवहार नभएको प्रहरीले बताएको छ तर परिवारले भने त्यसमा शंका व्यक्त गरेको छ । संयुक्त राष्ट्रका स्वतन्त्र विज्ञहरूले नैतिकता पुलिसले निर्मम रूपमा कुटपिट गरेको रिपोर्टहरू आएको बताएका छन्। उनीहरूले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

इरानी अधिकारीहरूले सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई मारेको कुरा अस्वीकार गरेका छन्। उनले आफूलाई सशस्त्र असन्तुष्टहरूले गोली हानेको हुनसक्ने बताए।

इन्टरनेटसम्बन्धी निगरानी गर्ने संस्था नेटब्लक्सका अनुसार इरानले इन्टरनेटमा पहुँच बन्द गरेको छ। प्रदर्शनकारीहरूले सरकारको कारबाहीको विरोधमा प्रयोग गर्ने इन्स्टाग्राम र ह्वाट्सएप पनि रोक लगाइएको छ। यस्ता घटनाका जानकारी बाहिरी दुनियाँमा नपुगोस् भन्दै अधिकारीहरूले यस्तो कदम चालेको देखिन्छ भने सामाजिक अभियन्ताहरूले अशान्तिको समयमा सरकारले सधैँ यस्तो कदम चाल्ने गरेको बताउँछन् ।

इरानमा प्रदर्शनको सुरुवात भनेको देशको नैतिकता पुलिसले कडा रूपमा लागू गरिएको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी युवती मेहसा अमिनीको मृत्युको भावनात्मक आक्रोशको चरम सीमा हो।

समाचार संस्था रोयटर्सका अनुसार महसाको मृत्युले इरानमा व्यक्तिगत स्वतन्त्रतामा प्रतिबन्ध, महिलाका लागि इस्लामिक पोशाकसम्बन्धी कडा कानुन र खराब अर्थतन्त्र जस्ता मुद्दाहरूसँग जुधिरहेका मानिसहरूमा आक्रोश जन्माएको छ।

इरानका शासकहरू सन् २०१९ को जस्तो विरोधको पुनस् सुरु हुने की भनेर डराएका छन्। त्यो विरोध पेट्रोलको मूल्यमा भएको वृद्धिले उत्तेजित भएको थियो, र इरानको इस्लामिक गणतन्त्रको इतिहासमा सबैभन्दा रक्तपातपूर्ण थियो। यी प्रदर्शनहरूमा करिब १५०० जनाको मृत्यु भएको थियो।

राष्ट्रपतिको आग्रह

इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार देशमा प्रहरी हिरासतमा एक महिलाको मृत्युको अनुसन्धानलाई ‘छिटो’ गरिनुपर्ने बताएका छन्। राईसी हाल संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका भ्रमणमा छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा उनले अमेरिकी प्रहरीले मारिएकाहरूका सम्बन्धमा के कारबाही गरेको छ भनी सोधे ?

‘के त्यहाँ मृत्युका यी सबै घटनाहरूको अनुसन्धान भएको छ ? मानवअधिकारको सवालमा पश्चिमी देशहरूले ‘दोहोरो मापदण्ड’ अपनाएका छन्।

महसा अमिनीको मृत्युपछि इरानमा भइरहेको प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपका बारेमा इरानी राष्ट्रपतिले अधिकारीहरूले सबै आवश्यक कदम चालिरहेको वतएका छन्।

उनले भने, ‘पक्कै पनि यस विषयमा छानबिन हुन्छ । मैले पहिले पीडितका परिवारका सदस्यहरूसँग सम्पर्क गरें र उनीहरूलाई घटनाको अनुसन्धान छिटो गर्ने आश्वासन दिएँ। हाम्रो सबैभन्दा ठूलो चासो सबै नागरिकको सुरक्षा सुनिश्चित गर्नु हो।’

बुधबार संयुक्त राष्ट्र संघको महासभालाई औपचारिक रुपमा सम्बोधन गर्दै राईसीले जताततै अधिकारीहरूको हातबाट यस्ता नराम्रो घटना हुने गरेको बताए ।उनले सोधे, ‘अमेरिकी अधिकारीहरूको हातबाट आम अमेरिकी नागरिकको मृत्युको घटनामा के भयो ?’ राईसीले बेलायतमा हुने महिलाको मृत्युको उल्लेख गर्दै यस्ता घटनाको कहिल्यै अनुसन्धान नभएको बताए । उनले त्यस्ता मृत्युका घटनाहरूमा कारबाहीका लागि विश्वभर ‘एकसमान मापदण्ड’ अपनाउन आह्वान गरे।

यसैबीच, हिरासतमा एक युवतीको मृत्यु भएपछि अमेरिकाले इरानमा नैतिकता प्रहरी र अन्य सरकारी निकायका अधिकारीहरूमाथि बिहीबार प्रतिबन्ध लगाएको छ। वित्त मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले इरानी गुप्तचर तथा सुरक्षा मन्त्रालय, सुरक्षा बल र अन्य कानून प्रवर्तन एजेन्सीहरूका अधिकारीहरूलाई पनि प्रतिबन्धहरूको लागि नाम दिएको छ जसले उनीहरूलाई अमेरिकामा उनीहरूको सम्पत्ति र बैंक खाताहरूमा पहुँच गर्न अस्वीकार गर्नेछ।

‘यी अधिकारीहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरू र इरानी नागरिक समाजका सदस्यहरू, राजनीतिक असन्तुष्टहरू, महिला अधिकारकर्मीहरू र इरानी बहाई समुदायका सदस्यहरूलाई दबाउन नियमित रूपमा हिंसामा संलग्न संस्थाहरूको निरीक्षण गर्छन्,’ अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?