गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० वटै चुनावमा गठबन्धन गर्ने सत्ता गठबन्धनको प्रयास छ ।

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन गठबन्धन शुक्रबार पनि दिनभरजसो छलफल जुटेको थियो ।

तर सहमति जुट्न सकेको थिएन । बालुवाटारमा बसेको बैठकमा दलहरू पुरानै अडानमा रहेपछि सहमति हुन नसकेको हो । शुक्रबार बिहान ११ बजे अनि दिउँसो २ बजे दुईपटक अलग अलग छलफलपछि गठबन्धनको बैठक बसेको थियो ।

साँझसम्म सबै दल आ-आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरू उठेका थिए । सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरूले आज फेरि बैठक बस्ने निर्णय गरेका थिए ।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरूको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिन खोजेको भन्दै अरु दल असन्तुष्ट छन् भने आफूभन्दा साना दलले हैसियतभन्दा बढी सिट लिन खोजेको भन्दै कांग्रेस पनि असन्तुष्ट छ ।

गठबन्धनमा दुई महिना अगाडि नै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुंगो लागेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?