संभावना नेपालको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

Read Time = 3 mins

ललितपूर । संभावना नेपालको दोस्रो बार्षिक साधारण सभा बेखाज् पार्टी प्यालेस, बागडोल ललितपूरमा शनिवार सम्पन्न भएको छ ।
प्रमुख अतिथी बागमती प्रदेशका पूर्व मन्त्री अष्टलक्ष्मी शाक्यद्घारा उट्घाटन गरिएको उक्त कार्यक्रममा महिलाहरु अब अगाडि बढ्नुको विकल्प नरहेको भन्दै संस्थाले यति छोटो अवधिमा नै प्रगति गरेकोमा बधाई ब्यक्त गरिएको थियो ।

कार्यक्रममा ललितपूर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछों, ससत्र प्रहरीका डिआईजी डा. रुपक महर्जन, ललितपुर महानगरपालिका महिला तथा बालबालिकाका प्रमुख महेश्वरी बिष्ट, क्लासिक डायमण्डका नबिना सिंह महर्जन, ललितपुर महानगर वडा नं. १७ का वडा अध्यक्ष विनोद महर्जन लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष जिवनदेवी शाक्यबाट स्वागत मन्तब्य राखिएकोे थियो भने संस्थाका कोषाध्यक्ष सुशिला महर्जनले संस्थाको कार्य प्रगतिबारे जानकारी दिनु भएको थियो ।

संस्थाको कार्य समितिमा अध्यक्ष विणा महर्जन, उपाध्यक्ष जिवनदेवी शाक्य, सचिव रोजी श्रेष्ठ, कोषाध्यक्ष सुशिला महर्जन, सदस्यहरु अमि महर्जन, अमिता अवाले, सरिता बज्राचार्य लगायतको उपस्थितिमा भएको कार्यक्रमका सभापति तथा अध्यक्ष विणा महर्जनले धन्यवाद ज्ञापन दिदै सबैको सहयोगबाट नै लक्ष्य हासिल हुने बताउनु भएको थियो ।

संभावना नेपाल सशक्तिकरणका लागि सृजना भन्ने नाराका साथ अगाडि बढिरहेको गैर नाफामूलक संस्थाले मुलत न्युन गुणस्तरिय जीवन व्यतित गरिरहेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई सान्दर्भिक शिक्षा, नविन स्वास्थ्य सेवा र जीविकोपार्जनका लागि सीपमूलक तालिम कार्यक्रमहरु संचालन गर्दै आईरहेकोछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?