८५ हजार नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

प्रतिकात्मक तस्बिर

Read Time = 1 min

वीरगञ्ज । नक्कली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ८२ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित बारा सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोल बस्ने जगदेव महतो नुनियालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोलस्थित नुनियाको घरमा खानतलासी गर्ने क्रममा नक्कली नोट बरामद गरेको हो ।

ओछ्यान मुनि लुकाइ राखिएको अवस्थामा एक हजार दरका ८१ वटा र पाँच सय दरका तीन थान नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?