रक्तदान कार्यक्रम सम्पन

Read Time = 1 min

ललितपुर । खुमल नेवा गुथिले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एभरेष्ट फेसन, नेपाल क्यान्सर हस्पिटल, डावर नेपाल, रियल जुस तथा लायन क्लव अफ हेटौंडा भुटनदेवी वजारले सहयोग गरेका थिए ।

गुथिका अध्यक्ष राज शाक्यको सभापतित्वमा संचालित कार्यक्रमको उट्घाटन ललितपुर महानगर १५ वडाका वडा अध्यक्ष सुरेशबहादुर शाहीले गर्नु भएको थियो ।

गुथिका कार्यसमिति सदस्य सानुभाई ताम्राकारले विहान आठ बजेदेखि सुरु भएको कार्यक्रममा करिव सय पीन रगत संकलन भएको बताउनु भयो । जसमध्ये नब्बे प्रतिशत महिला रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?