सय वर्ष अघि बहादुर कर्णेलले बनाएका सम्पदा जीर्ण बन्दै

हिमालय टाइम्स
Read Time = 9 mins
A A- A+

-रामचन्द्र रायमाझी
पाल्पा । तत्कालीन ‘बहादुर कर्णेल’ गम्भीर सिंह रायमाझीले पाल्पा र गुल्मीको संगम स्थल, ऐतिहासिक तथा धार्मिक क्षेत्र रिडीमा सय वर्ष अघि निर्माण गरेका पाटी, पौवा र मठ मन्दिर जीर्ण बनेका छन् । जुन १९७९ मा बहादुर कर्णेलले निर्माण गर्नुभएको थियो ।

रुरु क्षेत्र गाउँपालिका–१ मा रहेका यि सम्पदाहरु संरक्षणका अभावमा अहिले जीर्ण बनेका हुुन् । पाल्पाको छहरामा जन्मनुुभएका बहादुर कर्णेल नेपाली सेनाबाट अवकाश प्राप्त गरेपछि यहाँ आई धार्मिक कार्यमा लाग्नुुभएको थियो । तत्कालिन समयमा उहाँले धार्मिक कार्यका लागि दुुई वटा पौवा र एकै ठाउँमा दुुईवटा मन्दिर निर्माण गर्नुभयो । अहिले ति सम्पदाहरुको रेखदेख हुँदै आए पनि उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा रहेका छन् । यि सम्पदाहरु एक रोपनी, एक दाम क्षेत्रफलमा निर्माण गरिएको छ । जुन सम्पदाहरु भूमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत मालपोत कार्यालय गुल्मीमा छहरेली रायमाझी पौवाको नाममा दर्ता रहेको छ । कर्णेलको निधनपछि उक्त सम्पदाहरुको रेखदेख रायमाझी बन्धुहरुले गर्दै आएका थिए । कलात्मक शैलीमा निर्माण गरिएका यहाँका सम्पदाहरु जीर्ण बन्दै गएपछि त्यहाँका स्थानीय र रायमाझी बन्धुहरुले आधुनिक रुपमा मर्मत सम्भार गर्दै आए । तर अहिले आर्थिक अभावका कारण ति सम्पदाहरुको उचित व्यवस्थापन हुन सकेको छैन ।

संरक्षणमा जुटे रायमाझी बन्धु

लामो समयसम्म अव्यवस्थित बन्दै आएका यहाँका संरचनाहरुको उचित व्यवस्थापन र संरक्षण गर्न अहिले देशभरका रायमाझी बन्धुले चासो देखाएका छन् । पूूर्खाले निर्माण गरेका ऐतिहासिक सम्पदाहरु रायमाझीका लागि गौरवको कुरा रहेको भन्दै उनीहरु अहिले कसरी संरक्षण र व्यवस्थापन गर्न सकिन्छ भनि लागि परेका छन् । पाल्पा र गुल्मीका रायमाझी बन्धुहरुको एक टोलीले त्यहाँको स्थलगत अवलोकन समेत गरेको छ । रिडीमा रहेका ति सम्पदाहरुको संरक्षण गर्नु आफुहरुको दायित्व रहेको भन्दै उनीहरुले त्यहाँको वस्तुुस्थितीका विषयमा जानकारी लिएका छन् ।


पूर्खाले सिर्जना गरेको सम्पतिको संरक्षण रायमाझी बन्धुहरुले गर्नु पर्ने स्थलगत अवलोकनमा पुग्नुुभएका पूर्व सांसद् तथा रायमाझी कूूलदेवता समितिका केन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीले बताउनुुभयो । उहाँले भन्नुुभयो ‘तत्कालिन बहादुर कर्णेलले यहाँ धार्मिक कार्यका लागि पाटी, पौवा र मन्दिर बनाएका हुन्, पछि उहाँको निधनपछि कोही कसैले पनि नहेरेपछि यहाँका संरचना भत्किएका हुुन् ।’ यि संरचनाको निर्माण र व्यवस्थापनमा रायमाझी बन्धुहरु लाग्ने रायमाझीले बताउनुुभयो । समितिका तानसेन नगर सभापति देवेन्द्रबहादुर रायमाझीले सम्पदाहरुको पुनर्निर्माणसँगै मन्दिर परिसरमा बहादुर कर्णेलको शालिक समेत निर्माण गरिने बताउनुुभयो ।

सम्पदाहरुको अवलोकन गर्न पुगेका रायमाझी कूूलदेवता समितिका केन्द्रीय सदस्य हरि रायमाझी, कूल देवता समिति पाल्पाका सभापति झलकबहादुर रायमाझी, समितिका तानसेन नगर सभापति देवेन्द्रबहादुर रायमाझी, समितिका गुुल्मी प्रतिनिधि फनबहादुर रायमाझी, समिति तानसेन नगरका सदस्य नारायण रायमाझी, स्थानीय संरक्षक विक्रम रायमाझी, इञ्जिनियर अनुशेष रायमाझी लगायतले जीर्ण बनेका सम्पदाहरुको संरक्षण छिट्टै गरिने बताएका छन् । यहाँ विगतमा बासुदेव खनालले पुजा गर्दै आए पनि उनको निधनपछि खनालका तीन भाइले नियमित पुजा पाठ गर्दै आएका छन् । लक्ष्मण खनाल, कपिल खनाल र टंक खनालले अहिले आलोपालो गरी मन्दिरमा पुजा गर्दै आएको स्थानीय संरक्षक धनीराम न्यौपानेले बताउनुुभयो । रायमाझी बन्धुहरुले यहाँका सम्पदाहरुको मर्मत सम्भार, शौचालय निर्माण, बार बन्देज, पूजा मण्डव निर्माण जस्ता कामहरु गर्ने जनाइएको छ । यहाँ मन्दिरको छना तामा र गजुर सुनले निर्माण गरिएको छ ।

को हुन् त स्व.बहादुर कर्णेल ?

सैनिक इतिहासमा उल्लेख भए अनुसार बहादुर कर्णेल नेपाली सेनाका अधिकृत हुन् । उनको वास्तविक नाम गम्भीरसिंह रायमाझी हो । तत्कालीन समयमा राणाहरू भन्दा बाहेकका सैनिक कर्मचारीहरू कर्णेल भन्दा तलको पदमा मात्र रहन पाउँथे । तर श्री ३ जंगबहादुर राणाले गम्भीरसिंहको बहादुरी देखेर उनलाई बढुवाका साथै आफ्नो नामको अगाडि ‘बहादुर’ उपाधि लगाउन आदेश दिए । यस्तै नेपाली सैनिक इतिहास र रायमाझी कूलको वंशावलीमा समेत बहादुर कर्णेलको बारेमा उल्लेख गरिएको छ । उनको जन्म वि.सं. १८८४–८५ तिर पाल्पाको छहरामा भएको थियो । उनी सुरूमा लेफ्टिनेन्ट पदबाट नेपाली सेनाको देवीदत्त पल्टनमा भर्ना भए । त्यसपछि गम्भीरसिंह आफ्नो बहादुरी र सुरो स्वभावका कारण बढुवा हुँदै कर्णेलसम्म भए ।

सन् १८५७ मा भारतमा घटेको सैन्य विद्रोह साम्य पार्न नेपालका प्रधानमन्त्री जंगबहादुर राणाले भारतीय इस्ट इण्डिया कम्पनीलाई चौध हजार फौज सैनिक सहयोग गरेका थिए । यो नेपालले विदेशी राष्ट्रलाई सैन्य सहयोग गरेको पहिलो घटना थियो । यसै कारवाहीमा गम्भीर सिंहले अभूतपूर्व बहादुरी प्रस्तुत गरेका थिए । त्यसै बखतबहादुर कर्णेलले आफुलाई एक्लै घेरा हाली मार्न आउने सात जना सरदारहरूलाई मार्न सफल भएका थिए । सरदारहरूको हत्या गर्ने क्रममा बहादुर कर्णेललाई ठूलो चोट लागेको थियो । मुसलमानहरूले उनलाई अपमान गर्दै कहिले पेट काटिदिने त कहिले चिउँडो काटिदिने गर्न थाले । तर बहादुर कर्णेलले पनि आफ्नो काटिएको पेटबाट उछिट्टिएका आन्द्रा बटुकाले पेटभित्रै छिराएर पटुका बाँधी युद्व गरेको इतिहासमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?