महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेश र आयरल्याण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बंगलादेश र आयरल्याण्डले आठौं संस्करणको आइसिसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्थान पक्का गरेका छन् । शुक्रबार भएको खेलमा आयरल्याण्डले जिम्बाबे तथा बंगलादेशले थाइल्याण्डलाई छनोट प्रतियोगिताको सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्दै विश्वकपमा छनोट भएका हुन् ।

आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । पहिलो सेमिफाइनलमा आयरल्याण्डले रोमाञ्चक भिडन्तमा जिम्बाबेलाई जम्मा ४ रनले पराजित गरेको थियो । आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

जवाफमा जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३३ रनमात्रै बनाउन सक्यो । जेन मेगिरले ४ ओभरको स्पेलमा १८ रन दिएर २ विकेट लिनुभएका उहाँ प्लेयर अफ द म्याच बन्नुभयो ।

उता, दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले थाइल्याण्डविरुद्ध ११ रनको जित निकालेको थियो । यस्तै, बंगलादेशले पहिला ब्याटिङ गर्दा ५ विकेट गुमाएर ११३ रनमात्रै बनाएको थियो । तर, थाइल्याण्डको टिम भने ६ विकेट गुमाएर १०२ रनमा रोकिन पुग्यो । आठ टोली सहभागी रहेको यस प्रतियोगितामा फाइनल पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुने नियमअनुसार आयरल्याण्ड तथा बंगलादेशले सो अवसर पाएका हुन् । यस विश्वकपको डिफेन्डिङ च्याम्पियन टोली अष्ट्रेलिया रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?