पाकिस्तानमाथि इंग्ल्याण्डको प्रभावशाली जित

Read Time = 2 mins

लाहोर । पाकिस्तान भ्रमणमा रहेको इंग्ल्याण्डले तेस्रो खेलमा ६३ रनको जित निकालेको छ । सिरिजमा अग्रता बनाउने क्रममा इंग्ल्याण्डले घरेलु टोली पाकिस्तानमाथि रबाफिलो जित निकालेको हो । सात खेलको टी-२० सिरिजका लागि इंग्ल्याण्ड अहिले पाकिस्तानमा छ ।

कराँचीमा टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डका लागि बेन डुकेट र हृयारी बु्रकले तेस्रो विकेटका लागि अविजित १३९ रनको सानदार साझेदारी गर्दै इंग्ल्याण्डलाई निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२१ रनको अवस्थामा पुर्‍याउनुभएको थियो । जवाफमा पाकिस्तान खराब प्रदर्शनको सिकार हुँदा २० ओभरमा ८ विकेट गुमाएर १५८ रनमात्र जोड्न सक्यो । पाकिस्तानका लागि सान मसुदको ६५ रन सर्वाधिक उच्च स्कोरका रूपमा रहृयो । त्यस्तै, खुसदिल साले २९ रन बनाउँदा मोहमद नवाजले १९ रन बनाउनुभएको थियो । उसका अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

त्यसअघि पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डको विशाल स्कोरमा बेन डुकेटले ४२ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७० रन बनाउँदा हृयारी बु्रकले ३५ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८१ रनको विस्फोटक इनिङ खेल्नुभएको थियो । त्यस्तै, विल ज्याक्सले ४० र डेबिड मलानले १४ रन बनाउनुभएको थियो । जितसँगै इंग्ल्याण्डले सिरिजमा २–१ को अग्रता बनाएको छ । यी दुईबीचको चौथो टी–२० कराँचीमा आज हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?