इसेवाको ‘मेरो डिजिटल देश’ अफर

Read Time = 3 mins

काठमाडौं । इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अफर ल्याएको छ । अफरअन्तर्गत इसेवाको डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका रहेको छ । संसारका दुई सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दैै थप रेमिट्यान्स भित्र्याएर देश समुन्नत बनाउन यस्तो अफर ल्याएको जनाएको छ ।

एफवन सफ्ट टावर पुल्चोकस्थित आफ्नै मुख्य कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् अफर सार्वजनिक गरेको हो । अफर आगामी फागुन ६ गतेसम्म रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ नयाँ अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार अभियानमा मासिकरूपमा एकजनाले छ महिनासम्म आकर्षक पुरस्कारको प्याकेज तथा बम्परमा एक भाग्यशालीले काठमाडौंमा सुविधासम्पन्न घर प्राप्त गर्नेछन् ।

सो अवसरमा इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले भन्नुभयो, ‘आर्थिक विकासबिना कुनै पनि राष्ट्र समुन्नत बन्न सक्दैन र आर्थिक विकासका लागि देशभित्र र बाहिरका सबै नेपालीको योगदान उत्तिकै महत्वपूर्ण छ, अझ रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्वपूर्ण हिस्सा रहेकाले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनीय हुन जान्छ । देशको आर्थिक उन्नतिमा योगदान पुर्‍याउन अपिल गर्दै विश्वभर रहेका नेपालीलाई देश डिजिटल बनाउने अभियानमा जोड्न हामी मेरो डिजिटल देश सुरु गर्न लागेका छौं ।’ इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भन्नुभयो, ‘यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपाली सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पु¥याउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?