सम्भावनाको दोस्रो वार्षिक साधारणसभा

Read Time = 2 mins

ललितपुर । सम्भावना नेपालको दोस्रो वार्षिक साधारणसभा शनिबार ललितपुरको बागडोलमा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले महिलाहरू अब अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष जीवनदेवी शाक्यले स्वागत मन्तव्य र कोषाध्यक्ष सुशीला महर्जनले संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो भने अध्यक्ष विणा महर्जनले सबैको सहयोगबाटै लक्ष्य हासिल हुने भन्दै सहकार्यमा जोड दिनुभएको थियो । सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछों, सशस्त्र प्रहरीका डिआइजी डा. रूपक महर्जन, ललितपुर महानगरपालिका महिला तथा बालबालिकाका प्रमुख महेश्वरी विष्ट, क्लासिक डायमण्डका नविना सिंह महर्जन, ललितपुर महानगर-१७ का वडाध्यक्ष विनोद महर्जनलगायतको उपस्थिति रहेको थियो ।

संस्थाको अध्यक्षमा महर्जन, उपाध्यक्षमा शाक्य, सचिवमा रोजी श्रेष्ठ, कोषाध्यक्षमा महर्जन र सदस्यमा अमि महर्जन, अमिता अवाले, सरिता बज्राचार्य रहनुभएको छ । सम्भावना नेपाल सशक्तीकरणका लागि सिर्जना भन्ने नाराका साथ स्थापना भएको गैरनाफामूलक संस्था हो । संस्थाले खासगरी न्यूनस्तरीय जीवन व्यतित गरिरहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सान्दर्भिक शिक्षा, नवीन स्वास्थ्य सेवा र जीविकोपार्जनका लागि सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?