प्याब्सन मध्य क्षेत्रीय समिति अध्यक्षमा पाण्डे

Read Time = 1 min

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मध्य क्षेत्रीय समितिको आठौं अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले काठमाडौं मध्यवानेश्वरस्थित चैतन्य संस्कार शिक्षालयका प्राचार्य दिनेशकुमार पाण्डेको अध्यक्षतामा सातसदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा धनप्रसाद सुब्बा, सचिवमा रमेश पनेरु, कोषाध्यक्षमा मोहना खनाल, सहसचिवमा प्रेम सिंह श्रेष्ठ रहनुभएको समितिले जनाएको छ । त्यस्तै, सदस्यमा विशाल गौतम र राजनारायण चौधरी रहनुभएको छ । समितिका निवर्तमान अध्यक्ष ईश्वर पुडासैनीको अध्यक्षमा भएको कार्यक्रममा प्याब्सन अध्यक्ष डिके ढुंगानाको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dinesh Kumar Pandey
Dinesh Kumar Pandey
2022-09-25 7:23 am

Thank you 😊 Himala Times

रिलेटेड न्युज

छुटाउनुभयो कि ?