सोह्रश्राद्ध आजबाट सम्पन्न, भोलिबाट दशैँ शुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सम्पन्न भएको छ ।

कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ तिथिमा गरिने महालय (पार्वण) श्राद्धलाई सोह्रश्राद्ध भन्ने गरिन्छ । भदौ २६ गतेदेखि यो पर्व शुरु भएको थियो । आइतबार औँसी तिथि श्राद्ध गरिएको थियो ।

सोह्रश्राद्धको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ ।

चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने शास्त्रीय मान्यता छ ।

सोह्रश्राद्ध सकिएसँगै भोलिदेखि हिन्दुहरुको महान पर्व बडादशैं सुरु हुँदैछ । भोलि घरघरमा घटस्थापना गरी जमरा राखेपछि दशैं सुरु हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?