✍️ ज्ञानप्रसाद भट्टराई
ठूला नेता सारा सकल सब निर्धा जन थिए ।
धनै भो नेताको मत सब लिने भोट जनको ।।
भए नेता राम्रा अघिपछि हुने ती डनहरू ।
सबै छन् ती भोका गरिब जति छन् ती जनहरू ।।
कहाँ खोजौँ नेता गरिब मनका मालिक सरी ।
सबै नेता भन्छन्, म हुँ धरतिमा राम नि सरी ।।
कहाँ खोजौँ दर्शन् महलहरूमा वा भ्रष्ट जनमा ।
म¥यो दर्शन् सारा लुट र झुट खेती सब हुँदा ।।
बने बाठा नेता गरिब सबको मालिक भए ।
मरे सारा दुःखी, शहीद भएरै जीवन दिए ।।
गरे राज्य सारा सकुनि अनि दुर्योधन सरी ।
जहाँ तानासाही अब त उठ मासौँ सब मिली ।
कुनै नेता बस्छन् जनमनमहाँ जीवन भरी ।
कुनै नेता हेर्दा धन बल दुवैका डन सरी ।।
जपी खान्छन् सारा शहीदहरूको नाम सब यी ।
कहाँ खोजौँ नेता भुवन छ अँध्यारो कलि भरी ।।
बुझ्यौं हाम्ले सारा घुस र गरिबी रोग सबको ।
हरे देख्यौँ नेता सकल नकली भेष यिनको ।।
विनाको वासना यो सब त बिजको वंशगुण हो ।
बिर्से रे नेताले जननिविजको वंश गुण यो
जुटौँ सारा साथी अब अति भयो नास सबको ।
नजागी आफैँ हुन्न जनबल हो शस्त्र अब यो ।।
बनाऔँ देशै स्वर्ग सब छ नभाको मन थियो ।
उठौँ, जागौँ, बालौँ, तनमन सबै दीप सरि यो ।।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका