प्रकाश मैनाली/हिटा
सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाही खण्डका सडकमा भएका ठूलठूला खाडलले गर्दा सवारी सञ्चालनमा समस्या भएको छ । खाडलले गर्दा दुर्घटना बढ्नुका साथै सवारीसाधनसमेत बिग्रने गरेको चालकहरूको गुनासो छ । चाडपर्व नजिकिँदै गर्दा सवारी चाप बढ्ने भए पनि सडकको अवस्था सुधारमा कसैको ध्यान जान सकेको छैन ।
सर्लाहीको पूर्वीनाका बाँके खोलादेखि बागमती खोलासम्मको बाटो जीर्ण भएको हो । बाटोमा भन्दा पुल धेरै जीर्ण भएकाले पुलमा लामो जाम पर्ने गरेको छ । एक त सानो पुल त्यसमा पनि जीर्ण अवस्थाले गर्दा सवारी सञ्चालन गर्न गाह्रो भएको सवारी चालक विनोद मण्डल बताउनुहुन्छ । सर्लाही र रौतहट सडकखण्ड हेर्ने सडक डिभिजन कार्यालयका प्रमुख दारोगाप्रसाद साहका अनुसार सर्लाहीको बाँकेदेखि रौतहटको धन्सारसम्मको ५६ किलोमिटर क्षेत्रको बाटो मर्मतसम्भारलाई भनेर ठेक्का लगाइएको भए पनि वर्षालगायतका कारणले समयमा काम सम्पन्न हुन नसकेको हो । उहाँले ठेकेदारले पाएको समयसमेत सकिएकाले पुनः ठेक्का समय थप्ने तयारी भइरहेको बताउनुभयो ।
ठेक्का लगाउँदा असार मसान्तसम्ममा काम सक्ने गरी लगाएको भए पनि समयमा काम नसकेकाले म्याद थप गर्नुपरेको प्रमुख साहको भनाइ छ । देशको मुख्य राजमार्ग भएर पनि सधंै जीर्ण अवस्थामा रहेको उक्त राजमार्ग मर्मतसम्भारमा तीनै तहका सरकारको ध्यान जान सकेको छैन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका