जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ : मन्त्री चौधरी

हिमालय टाइम्स
Read Time = 3 mins

दोलखा । सहरी विकास मन्त्री मेटमणि चौधरीले अहिले देशमा जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो रहेको बताउनुभएको छ ।

थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘राजनीतिक दलहरू असफल भए । तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए । अब पुराना दलहरूले जनताको समस्या हल गर्न सक्दैनन् । त्यसैकारणले जनताले आज विकल्प खोज्न थालेका छन् । फराकिलो सोंच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ ।’

सीमान्तकृत जनजातीहरुलाई राज्यको मुल धारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी मन्त्री चौधरीले दलहरुलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताउनुभयो । उहाँले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा समेत राख्नुभएको थियो ।

मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै भन्नéयो, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा डे«सको मान्छे अथवा जेठो छोरोले अथवा एउटा वंशले देश चाउथ्यो । तर अहिले समय निकै बदलिसकेको छ । अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन । नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ ।’

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अट्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आसा व्यक्त गर्नुभयो ।

पूर्व मन्त्री पार्वत गुरुङले थामी जातीलाई अघि बढाउन सधैँ लागिपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न व्यक्तिहरुले आआफ्ना धारणा राखेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?