यी हुन् कांग्रेसको बन्दसूचीमा परेका ११० समानुपातिक उम्मेदवार, अधिकाँश नातागोता (नामावलीसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसले संस्थापन पक्षका नेतालाई उच्च प्राथमिकतामा राखेर प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची बुझाएको पाइएको छ । बन्दसूचीको अग्रपंक्तिमा नेताका नातागोतादेखि व्यापारीसम्म समेटिँदा दलित, मधेसीको नाम भने अन्तिमतिर पुगेको छ ।

बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधिको नाम राखेको कांग्रेसले आठौं नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा र नवौं नम्बरमा गृहमन्त्री बालकृष्ण खाणँ पत्नी मञ्जुलाई राखेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महत चौथो, पूर्वराष्ट्रपति रामवरण यादव पुत्र डा. चन्द्रमोहन यादव यादव छैटौं नम्बरमा राखेको छ ।

व्यापारिक पृष्ठूमिका अनिल रगंटाको नाम सातौं नम्बरमा छ । विवादास्पद पात्रलाई पनि देउवाले बन्दसूचीको अग्रपंक्तिमा ठाउँ दिएका छन् । मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याल ठगी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्ति हुन् । उनै अर्याललाई सांसद बनाउन कांग्रेसले समानुपातिक सूची नाम समेटेको छ ।

चिकित्सक पृष्ठभूमिका डा. केदारनरसिंह केसीलाई पनि कांग्रेसले बन्दसूचीमा राखेको छ । केसी संस्थापनइतरका कांग्रेस नेता अर्जुन केसीका भाइ हुनुहुन्छ ।

संस्थापनका नेतालाई प्राथमिकतामा राखेर बुझाइएको बन्द सूची हेर्दा समावेशी पाटो पनि कमजोर देखिन्छ । समानुपातिकको बन्दसूचीमा कांग्रेसले १०९ जनाको नाम समेटेको छ । जसमा दलित, मधेसीको नाम अन्तिमतिर मात्र भेट्न सकिन्छ ।

शेखर कोइराला समूहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला देउवानिकट नेताहरुको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो ।

शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?