तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङकै दंगिशरण गाउँपालिका–४ वैवाङका ५९ वर्षीय शालिकराम वली रहनुभएको छ ।

दुर्घटनामा गम्भीर घाइते उहाँको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ७ बजे पैदल हिडिरहनुभएका उहाँलाई ठक्कर दिएको थियो ।

सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात् इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?