डेंगो नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न सरकारसँग नेता सिंहको आग्रह

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भएको छ ।

आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताउनु भएको हो ।

नेता सिंहले जनस्तरमा अनुभूत हुने गरि काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगो नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गर्नुभयो ।

बिरामीले सिटामोल पनि भनेको समयमा पाइदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् ।

फरक प्रसंगमा बोल्दै उहाँले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउदा जिम्मेवारी बहन गरेको बताउनु भयो ।

अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नु पर्ने उनले जनाए ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?