माधव नेपाललाई मुकुन्द न्यौपानेको प्रश्न : हाम्रो बिद्रोह प्रवृत्तिका बिरुद्ध थियोे कि ब्यक्तिगत पद प्राप्तिका लागि ?

Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी सञ्चालन विधि र पद्धति अनुसार नचलेको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो असन्तुष्टि जनाउनु भएको हो । उहाँले लेख्नुभएको छ, ‘केपी ओली प्रवृत्तिविरुद्ध विद्रोह गरौं भनेर अनि आफूले पार्टी सञ्चालन, कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लंघन गर्ने हो भने यस्तोमा कार्यकर्ताले के गर्ने ? हाम्रो विद्रोह प्रवृत्तिका विरुद्धमा थियो कि व्यक्तिगत पद प्राप्तिका लागि थियो ?’

न्यौपानेले एमालेबाट गरिएको विद्रोह प्रवृत्तिका विरुद्ध थियो कि व्यक्तिगत पद प्राप्तिका लागि भन्दै सार्वजनिक रुपमै आलोचना गर्नुभएकाे हाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?