सरकारले गर्‍यो पाँच सचिवको सरुवा, कसलाई कहाँ ?

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहनुभएका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

यद्यपि कानुनतर्फको हकमा म्याचुअर्ड हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?