व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : अध्यक्ष दाहाल

Read Time = 2 mins

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनुभएको छ । माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

“निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन”, उहाँले भन्नुभयो, “घर आँगन बदल्ने, उज्यालो ल्याउने, सम्वृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।” देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उहाँले देशलाई अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता रहेको बताउनुभयो ।

चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको भन्दै उहाँले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र सम्वृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । “चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईंहरुलाई प्राप्त हुने छ ।” चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उहाँले बताउनुभयो । आफूले यो राष्ट्रका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदाय सबैलाई सम्वृद्धिको उचाइमा लाने सपना बोकेको उहाँको भनाइ थियो ।
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?