आम निर्वाचन मार्फत देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 1 min

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो ।

आज झापाको दमकको कस्मिक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, 'आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ ।'

आफ्नै गृह क्षेत्रमा भएको सो कार्यक्रममा उहाँले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गर्नुभयो । अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?