रियलमीको उपहार योजना

Read Time = 2 mins

काठमाडौ । उत्सवको बहार, हरेक दिन उपहार भन्ने नाराका साथ रियलमीले नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठको पावन अवसरमा उपहार योजना ल्याएको छ । अफरमा उपभोक्ताले स्मार्टफोन, टिभी, वासिङ मेसिनलगायत थुप्रै आकर्षक उपहारहरू जित्न सक्ने कम्पनीले जनाएको छ । २०२२ को दोस्रो चौमासिक सर्वेक्षणअनुसार नेपालकै सर्वोत्कृष्टमध्ये तेस्रो स्मार्टफोन ब्राण्ड हुन सफल रियलमी आफ्ना उत्पादनमार्फत् उपभोक्तालाई नवीनतम प्रविधि प्रदान गर्दै अघि बढ्न सफल भएको जनाएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘रियलमी सधैं नवीनतम प्रविधि ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथका लागि हाम्रा उपभोक्तालाई हृदयदेखि नै धन्यवाद दिँदै उहाँँहरूका लागि पनि हामीले हाम्रातर्फबाट केही विशेष उपहार दिन गइरहेका छौं ।’

उपहार योजनामा कात्तिक १४ गतेसम्म हरेक दिन चारजना, हरेक हप्ता दुईजना र बम्परमा तीनजना भाग्यशाली उपभोक्ता छानिने कम्पनीले जनाएको छ । छानिएका विजेतामध्ये हरेक हप्ता दुईजनाले रियलमी सि ३० स्मार्टफोन र तीनजना बम्पर विजेताले रियलमी ९, वासिङ मेसिन र ६५ इन्चको फोरके टिभी जित्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?