काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित टाँगिया बस्तीमा विद्युत् पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाका कारण टाँगिया बस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन विस्तार गरी टाँगिया बस्तीमा विद्युत् पहुँच पु¥याइएको प्राधिकरणले जनाएको छ । टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् ।
प्राधिकरणका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरू, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले गत फागुनमा टाँगिया बस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो । टोलीले टाँगिया बस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको थियो ।
ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । उक्त मन्त्रालयले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपूर्व गरिने स्थानान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी बस्तीमा विद्युतीकरण कार्य अघि बढाउन सकिने सहमति दिएको थियो । प्राधिकरण सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले नागरिक उड्डयन मन्त्रालयको सहमतिबमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएर विद्युत् जडान गरिएको बताउनुभयो ।
प्राधिकरणले करिब सात किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ । रुख नकाट्न जंगल क्षेत्रमा कभरड कन्डक्टर/इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ । टाँगिया बस्तीमा विद्युत् उपलब्ध गराउन एक सय केभिएका चार थान वितरण ट्रान्सफर्मर जडान गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका