देशभर सामान्य बदली रहने, पाँच प्रदेशमा बर्षाको संभावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

सोमबार बिहान प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?