अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज भारतलाई

हिमालय टाइम्स
Read Time = 2 mins

हैदरबाद । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।

हैदराबादमा आइतवार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जीत निकाल्दै भारतले सिरिज जितेको हो । तीन खेलको टी-ट्वान्टी सिरिज भारतले २-१ ले जितेको हो ।

पाहुना टोलीले दिएको १८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि सूर्यकुमार यादवले ३६ बलमा ६९ तथा विराट कोहलीले ४८ बलमा ६३ रन बनाए । हार्दिक पाण्ड्याले १६ बलमा २५ तथा रोहित शर्माले १७ रन बनाए ।

भ्रमणकारी टोलीका लागि डेनियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो ।

उसका लागि टिम डेभिडले २७ बलमा ५४ तथा क्यामरुन ग्रिनले २१ बलमा ५२ रन बनाए । डेनियल साम्सले अविजित २८ तथा जोस इंग्लिसले २४ रन बनाए ।

घरेलु टोलीका लागि अक्षर पटेलले ३ तथा युजभेन्द्र चहेल,हर्षल पटेल र भुवनेश्वर कुमारले समान १र१ विकेट लिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?