हाम्रो विज्ञानसम्मत धर्ममाथि किन औंला उठाउने ?

Read Time = 18 mins

✍️ मणि शर्मा

हाम्रो म्याग्दी क्षेत्रका ब्रहृमर्षि कश्यपका पनाति हुन् महिषासुर । उनी ब्रहृमाजीका भक्त थिए । उनी अज्ञानता तथा अराजक शक्तिको प्रतिनिधित्व गर्दथे । जसरी ब्राहृमण कुलमा जन्म भएका हाम्रा महिषासुरहरू आफू हिन्दू परिवारमा जन्मे पनि हिन्दू होइन भन्दै पश्चिमा धर्मको प्रचार गर्छन्, जसरी आफू महिषको पूजा गरे तापनि ढुंगालाई पुज्नु हुँदैन, क्रिश्चियन र कम्युनिष्ट भनेको एउटै हो भन्छन्, जसरी नेपालमा ख्रिष्टान धर्मको विस्तारमा आफूले सहयोग गर्ने भन्दै होलीवाइन पिउँछन् तर अर्कोतिर चुनावमा भोट नआउने डरले अयोध्यापुरीमा राम, लक्ष्मण र सीताको मूर्ति स्थापना गरेर रामलाई बिर्सन्छन्, बाल्मीकि रामायणको आधारमा उक्त अयोध्यापुरी विश्वसामु प्रमाणित गर्न विज्ञहरूको टोली बनाएर अध्ययन र अनुसन्धान गर्न चाहँदैनन् ।

जसरी क्षत्रीयका छोराहरू चुनावको बेला रामनामीको बर्को ओढेर खाँटी हिन्दू भएको अभिनय गर्छन् तर अरू बेला चर्चका कार्यक्रमहरूमा जाने, चर्चको शिलान्यास र उद्घाटन गर्ने गर्छन् ठीक ब्रहृमाको कठोर तपस्या गरेर वर पाएपछि जसरी महिषासुरले देवदेवीहरूमाथि अत्याचार गरेका थिए । महिषासुरका पिता असुरहरूको राजा रम्भलाई जलमा बस्ने महिषसँग प्रेम हुन्छ र योग विद्याद्वारा उनकी पत्नीबाट महिषासुरको जन्म हुन्छ । यसैले महिषासुर आफ्नो इच्छाले कहिले महिष त कहिले मानिसको रूप धारण गर्न सक्थे । जसरी हाम्रा नेता अरू बेला, अर्थात् शासनमा हुँदा महिष बन्छन् र चुनाव आउँदा मानिस । महिषासुर जस्तै हाम्रा नेताहरू पनि बेला-बेलामा विभिन्न रूप बदलेर नेपाली जनतालाई दुःख दिने गर्छन् ।

यजुर्वेदमा भनिएको छ, यहाँ रहेका खनिज, ढुंगा, माटो, गिरि र पर्वत, बालुवा, वनस्पति, सुन, चाँदी, फलाम, ताँमा, सिसा र टिन आदि सबै वस्तुहरू यज्ञीय कर्मका प्रभावले सधैँ भइरहून् । तर, हाम्रा दलहरूले प्रकृतिको उत्खनन् गरिरहँदा प्राकृतिक प्रकोपको मारमा जनता परेका छन् ।

ब्रहृमाबाट प्राप्त वरदान स्वरूप महिषासुरले स्वर्गसहित तीनै लोक कब्जा गरेर देवताहरूलाई लखेट्नुमात्र होइने दुःखसमेत दिन थाल्छन् । अन्तमा उनीहरू महिषासुबाट मुक्ति पाउन त्रिदेव कहाँ जान्छन् । त्रिदेवको कृपाले माता पार्वतीले दुर्गारूप धारण गरेर महिषासुरसँग नौ दिनसम्म युद्ध गरेर उनको बध गर्छिन् । जसरी महिषासुर आफ्नो रूप फेर्न सिपालु थिए त्यसरी नै माता दुर्गा पनि आफ्नो नौ रूप फेर्छिन् र अन्त्यमा कात्यायनी रूपमा उनको बध गर्छिन् । त्यसरी नै जनताले चुनावका बेला रूप फेरेर उनीहरूका अगाडि उनीहरूकै साखुल्ले जस्तो गर्ने तर भोट दिँदा सनातन धर्मको रक्षा गर्नेलाई दिएमा हाम्रो मुलुकबाट महिषासुरको शासनको अन्त्य हुने थियो ।

जसरी माता दुर्गाले महिषासुर सँगसँगै उनका सेनाहरूको पनि बध गरेकी थिइन् ठीक यसरी नै जनताले पनि महिषासुरका विभिन्न नामधारी सेनाहरूलाई समाप्त पार्नुपर्छ । महिषासुरमर्दिनी दुर्गाले महिषासुरलाई धर्म रक्षार्थ, तीनै लोकमा सुशासन स्थापनार्थ बध गरेर आसुरी शक्तिको विरुद्ध दैवी शक्तिले आसुरी शक्तिको शासन व्यवस्थालाई अन्त्य गरी सनातन धर्मानुकूलको शासन व्यवस्था कायम गरेकी थिइन् ठीक त्यसरी नै हामीले मुलुकबाट आसुरी शक्तिको नाश गरी विजय उत्सव मनाउनुपर्छ । जुन दिन धर्मशक्तिको विजय हुन्छ त्त्यही दिन नै हामी सनातन धर्मावलम्बीका लागि सही अर्थमा विजयको उत्सव विजया दशमी हुनेछ ।

हाम्र वेद, पुराण आदिमा वर्णित कुराहरू विज्ञानसम्मत छन् तर सनातन धर्मविरोधी गणतान्त्रिक नेताहरू समेत हाम्रो धर्मको विरोध गर्ने गर्छन् । हालसालै पुष्पकमल दाहालले हामीले पूजा गर्ने ढुंगाको विरोधमा बोले तर उनी आफैँ ठाउँ ठाउँमा शिलान्यास गर्दै हिँड्ने गर्छन् । शिलान्यासको अर्थ उनलाई थाहा छ कि छैन ? उनको क्रिश्चियन धर्ममा शिलाको पूजा हुँदैन, हामी त शिला मात्र होइन, वृक्ष, पशुपक्षी, नदी, खोलासमेतको पूजा गर्छौं । हाम्रा पहाड, हिमाल सबै शिलाले नै बनेका छन् । शिलान्यास गर्ने सनातन धर्मविरोधी हाम्रा नेताहरूले बुझ्नु पर्ने शिला भनेको ढुंगा र न्यास भनेको स्थापना हो । हाम्रो प्रत्येक निर्माण सामग्रीमा शिला अपरिहार्य छ । निर्माणको आधारशिला हो ।

जग बलियो होस्, बन्ने संरचना दीर्घजीवी होस् भनेर शिलाको पूजा गरी शिलान्यास गरिन्छ । हाम्रो विवाह पद्धतिमा दाम्पत्य जीवन स्थिर तथा दृढ होस् भनेर शिलापूजन हुन्छन् । ॐ आरोहेममश्मानं अश्वमेव त्वं स्थिरा भवः । अभितिष्ठ पृतन्यतोद्रबाधस्व पृतनायतः । अर्थात् हे कुमारी ¤ यस यज्ञवेदीको उत्तरतिर राखिएको ढुंगामाथि चढ । तिमी ढुंगाजस्तै बलशाली होऊ, लड्न, भिड्न आएकालाई दबाएर राख र ती झगडा गर्नेहरूको प्रयासलाई असफल पारी देऊ । हामी पहाडतिर जाँदा घट्टमा खोलाबाट बिजुली निकाली पिस्ने कुट्ने चलन छ । तराईमा पनि मिलहरूमा ढुंगाकै प्रयोग हुन्छ, जाँतो ढुंगाकै बन्छ ।

यजुर्वेदमा भनिएको छ, ‘अश्मा च मे मृत्तिका च मे गिरयश्च मे पर्वताश्च मे सिकताश्च मे वनस्पतयश्च मे हिरण्यं च मे यश्च मे श्यामंं च मे लोहं च मे सीसं च मे त्रपु च मे यज्ञेन कल्पनताम् । यहाँ रहेका खनिज, ढुंगा, माटो, गिरि र पर्वत, बालुवा, वनस्पति, सुन, चाँदी, फलाम, ताँमा, सिसा र टिन आदि सबै वस्तुहरू यज्ञीय कर्मका प्रभावले सधैँ भइरहून् । तर, विदेशीका इसारामा चलने भ्रष्ट दलहरू र दलपतिहरूले प्रकृतिको अवैज्ञानिक उत्खनन् गरिरहँदा आज प्राकृतिक प्रकोपको मारमा जनता परेका छन् । पुष्पकमल दाहालहरू जस्ताले ढुंगा, माटो, वनस्पति आदि प्रकृतिको पूजाको महŒव के बुझून् ? पूजा भनेको धूप बत्ती गर्नेमात्र होइन, वरञ्च प्रकृतिको संरक्षण गर्नु नै पूजा हो ।

ऋग्वेदअनुसार ‘दशावनिभ्यो दशकक्षेभ्यो दशयोक्त्रैभ्यो दशयोजनेभ्यो । दशाभीशुभ्यो अर्चताजरेभ्यो दश धूरोदश युक्ता वहभ्दय ।’ दश औंलासँग सम्बन्धित दश किसिमका कर्म प्रकट गर्ने, दशवटा घोडा जस्तै, सोममा मिसाइएको, दश कर्म निर्वाह गर्ने, सञ्चालनकर्ता, दश किसिमका शक्तिले सम्पन्न भएर पेल्ने कार्यमा खटिएका ढुंगाको महिमा गुणगान गरौँ । प्रासादस्य विनिर्माणे मूलभित्तिरपेक्ष्यते । भवन निर्माणमा जगको आवश्यकता पर्छ भन्ने नबिर्सौं ।

हामी विष्णुको रूपमा शालिग्रामको पूजा गर्छौं, हामी शिवलिंगको पूजा गर्छौं । शिवलिंगलाई त्रिदेवको रूपमा मान्छौँ । शिवलिंग पनि ढुंगा हुन् । शिवलिंगको तल ब्रहृमा, बीचमा विष्णु र माथि शिवजीको बास हुन्छ । सबैभन्दा तलको भाग जो योनी आकारको छ त्यो प्रकृति हो जसलाई हामी पार्वतीको रूपमा मान्ने गर्छौं । लिंगम र गम्य शब्दबाट लिंग बनेको हो जसको अर्थ हुन्छ सुरुवात तथा अन्त्य । शिव महापुराण अनुसार शिवजीबाट ब्रहृमा र विष्णुको उत्पत्ति भएको हो जसले संसारको उत्पत्ति र पालन गर्छन् । शिवलिंगको आध्यात्मिक तथा वैज्ञानिक कारण छ ।

अध्यात्मअनुसार शिवजी ब्रहृमाण्डको सृष्टिकर्ता भएकोले उनी बीज हुन् । शिवलिंग अण्डाकारको हुन्छ । बिग बैंड थ्योरीअन्तर्गत ब्रहृमाण्डको उत्पत्ति अण्डाकारको सानो कणबाट भएको हो । जसलाई हामी शिव भन्छौँ । मन्दिरमा बसेर पुजारी बन्ने, भागवत, पुराण आदि वाचन गरेर धन कमाउने, घरमा शंख फुकेर, घण्ट बजाएर पूजा गर्ने, निधारमा टीका लगाउने, व्रत बस्ने तर भोट सनातन धर्म विरोधीहरूलाई दिनेहरू कदापि सनातन धर्मावलम्बी हुन सक्दैनन् । यिनीहरू ढोंगी हुन् ।

हाम्रो वेद नै विज्ञान हो यो कुरा वैदिक सनातन धर्मविरोधीलाई के थाहा ? आइनस्टाइनले आफ्नो सापेक्षताको सिद्धान्तमा समय र स्थान (टाइम एन्ड स्पेस) एक अर्काबाट अलग छैनन् भनेका छन् । वर्तमानमा जेनेभामा लार्ज हेड्रोन कोलाइडरमा भइरहेका प्रयोगहरूले पनि यस कुरालाई प्रमाणित गर्छ । योग वशिष्ठमा समय र स्थान ( टाइम एण्ड स्पेश) सम्बन्धमा महत्वपूर्ण व्याख्या छ । हाम्रा धर्मग्रन्थहरूमा वैज्ञानिक तथ्यहरू विभिन्न कथाका माध्यमबाट भन्ने गर्छन् । समय र स्थान सम्बन्धमा योगवशिष्ठमा भएको कथा :
कुनै समयमा आर्यावर्तमा पद्म नाम गरेका राजा थिए । उनकी धर्मपरायण पत्नी लीला उनलाई असाध्यै माया गर्थिन् । जब उनी पतिको मृत्युको बारेमा सोच्थिन् उनी बेचैन भएर छट्पटाउने गर्थिन् । अन्त्यमा उनले निरुपाय भएर माता सरस्वतीको उपासना गरेर देवीबाट वर प्राप्त गरिन्–यदि उनका पतिको मृत्यु उनको भन्दा पहिला भए पतिको अन्तःचेतना राजदरबारबाट बाहिर नजाओस् । माता सरस्वतीले उनलाई यो पनि वर दिइन् कि उनले चाहेको पलमा उनले पतिलाई भेट्न सक्नेछिन् । दुभाग्र्यले केही समयपश्चात् पतिको मृत्यु हुन्छ । लीलाले पतिको मृतदेह दरबारभित्रै राखेर माता सरस्वतीको ध्यान गरिन् ।

माता सरस्वती प्रकट भएर भनिन्- भद्रे ! दुःख नमान, तिम्रा पति अहिले यहीँ नै छन् । किन्तु, उनी अर्कै सृष्टिमा छन् । उनलाई भेट्न तिमी सृष्टि रहेको तनमा (मानसिक ध्यानद्वारा) प्रवेश गर्ने प्रयास गर । लीलाले आफ्नो मनलाई एकाग्र पारिन्, आफ्नो पतिलाई सम्झिएर उनको ध्यान गरिन् र त्यही लोकमा प्रवेश गरिन् जहाँ राजा पद्मको अन्तःचेतना विद्यमान थियो । लीला त्यहाँ पुगेर क्षणभर त्यहाँको दृश्य देखेर विस्मित भइन् । त्यस लोकको त्यस समयमा १६ वर्षे राजा पद्मले विशाल भूभागको शासन गरिरहेका थिए ।

लीलालाई आफ्नै कोठामा यति ठूलो साम्राज्य र एकै दिनमा १६ वर्ष व्यतित भएको देखेर विष्मय भयो । उक्त समयमा देवी सरस्वती उनीसँगै थिइन् । उनले सम्झाउँदै लीलालाई भनिन्–पुत्री ¤ सर्गे सर्गे पृथग्रुप सर्र्गान्तराण्यपि । तेष्पन्सन्तः स्थसगोर्धाः कदलीदल पीठवत्ं ।। योगवशिष्ठ १८।।१६।।७७।। आकाशे परमाण्वन्तद्र्र तत्रेदं जगत्वेत्तिं व्यादेरगुके अपि च । जीवाणुर्यत्र तत्रेदं जगत्वेत्ति निजं वपुः ।। (योवशिष्ठ ३।४४।।३४।।३५। हे लीला ! जसरी केराको तनाभित्र एकपछि एक तह निस्कन्छ त्यसै प्रकार सृष्टिको क्रम विद्यमान छ यसरी नै एकपछि एक सृष्टिको क्रम चलिरहन्छ ।

संसारमा व्याप्त चेतनाको प्रत्येक परमाणुमा जसरी स्वप्नलोक विद्यमान छ त्यसरी नै जगतमा अनन्त द्रव्यको अनन्त परमाणुहरूभित्र अनेक प्रकारका जीव र जगत विद्यमान छन् । आफ्नो कथन पुष्टि गर्न देवी सरस्वतीले एउटा जगत (सृष्टि) देखाएपछि लीलालाई भनिन् –देवी ¤ तिम्रा पतिको मृत्यु ७० वर्षको उमेरमा भएको छ भनेर तिमी मान्छ्यौ (किनकि यो जन्मलोकमा यही सत्य हो) । यसभन्दा पहिला तिम्रा पति एउटा ब्राहृमण थिए र तिमी उनकी पत्नी । ब्राहृमणको कुटीमा अहिले पनि उनको मृत शरीर विद्यमान छ, हिँड तिमीलाई देखाउँछु ।

केराको तनाभित्र एकपछि एक तह निस्किए जसरी नै एकपछि अर्को सृष्टिको क्रम चलिरहन्छ । संसारमा व्याप्त चेतनाको प्रत्येक परमाणुमा जसरी स्वप्नलोक विद्यमान छ त्यसरी नै जगतमा अनन्त द्रव्यको अनन्त परमाणुहरूभित्र अनेक प्रकारका जीव र जगत विद्यमान छन् ।

यति भनेर देवीले लीलालाई झन सूक्ष्म जगतमा लिएर गइन् । लीलाले त्यहाँ आफ्ना पतिको मृत शरीर देखिन् । उनलाई त्यस जीवनको स्मृति ताजा भयो । यसभन्दा पनि ठूलो आश्चर्य यो भयो कि जसलाई उनले ७० वर्ष आयुको सोचिरहेकी थिइन् र यही जीवन कालमा घटित सारा घटना (त्यो सृष्टि जसमा उनका पति ब्राहृमण र उनी उनकी पत्नी थिइन्, जम्माजम्मी सात दिनको थियो । लीलाले यो पनि देखिन् कि त्यस जन्ममा उनको नाम अरुन्धती थियो ।

एकदिन राजाको सवारी निस्क्यो, सवारी देखेर उनलाई राजसी भोग भोग्ने इच्छा भयो । त्यही सांसारिक इच्छाको फलस्वरूप उनलाई लीलाको शरीर प्राप्त भयो । यसै समय माता सरस्वतीको प्रेरणाले राजा पद्म जो अर्कै सृष्टिमा थिए, उनलाई अन्त्य समयमा (त्यहाँको सृष्टिअनुसार) पद्मको रूपमा फेरि राज्य भोग गर्ने इच्छा जागृत भयो । फलस्वरूप लीला फेरि आफ्नो व्यक्त शरीरमा फर्किन् र राजा पद्म पनि आफ्नो शरीरमा प्रविष्ट भएर ब्युझे । केही समयसम्म राजभोग गरी फेरि मृत्युलाई प्राप्त गरे ।

हाम्रो हिमवत्खण्ड नेपालका महर्षि वशिष्ठले मनको अनन्त इच्छाहरू अनुसार जीवनको अनवरत यात्रा, मनुषेत्तर योनीहरूको भ्रमण, समय तथा स्थानले निर्मित ब्रहृमण्ड (टाइम एण्ड स्पेस) मा चेतनाको अभ्युदय र अस्तित्व तथा प्राण विद्याको गूढ रहस्यहरूको बडो रोचक र बोधगम्य प्रकाश पारेका छन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
नवराज के सि
नवराज के सि
2022-09-27 3:40 am

धेरै राम्रो चेतना मुलक लेख रहेछ

रिलेटेड न्युज

छुटाउनुभयो कि ?