काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ ।
सोही अनुरुप आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारीले प्रवेश पाउने छैन । बढ्दो सवारी चापलाई ध्यानमा राखेर कार्यालयले आज न्युरोड क्षेत्रमा दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको हो।
न्युरोड क्षेत्रमा चार दिनसम्म दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।
न्युरोड क्षेत्रमा दशैँ किनमेल गर्नेहरुको घुइँचो हुने भएकाले ट्राफिक प्रहरीले गाडी प्रवेशमा निषेध गरेको हो । तोकिएको मिति र समयमा गाडी नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न ट्राफिक प्रहरीले गाडी चालकसँग अनुरोध गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका