समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार होः पूर्वमन्त्री बास्कोटा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताउनुभएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टी भित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भन्नुभएको छ, ‘यस्को मर्म समावेशीता हो । कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।’

उहाँले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गर्नुभएको छ ।

‘समयमै पार्टीहरूले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन,’ उहाँले लेख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?