अहिले पनि प्रधानमन्त्रीको अफर छ, तर त्यो मेरो प्राथमिकता होइन : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनु भएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको हो ।

‘म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो’, उहाँले भन्नुभयो, ‘मैले चाहेको भए २०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो । त्यसपछि पनि थियो । अहिले भर्खर पनि छ । तर प्रधानमन्त्री मुख्य होइन ।’

संविधान, राष्ट्रियताको रक्षा, आर्थिक विकासको वातावरण बनाउने र त्यसका निम्ति समर्पित गराउने उनले प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ गतेको चुनाव भएको भन्दै उहाँले त्यसको फैसला अब जनताको हातमा पुगिसकेको बताउनु भयो । ‘चितवनका जनता सचेत छन् । राष्ट्रियता र आर्थिक विकासको पक्षमा जनता हुन्छन् भन्ने विश्वास छ’, उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?