चन्दननाथ भैरवनाथ मन्दिरका लिंगो फेरियो (फोटो फिचर)

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशकै ऐतिहासिक प्रसिद्ध धार्मिक गतव्य समेत रहेको यहाँको चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हाते लिंगो फेरिएको छ ।

परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याई सकेपछिमात्रै जुम्लावासीहरुले आ–आफ्नो घरमा घटस्थापनाको दिन मनाउदै आउने चलन अनुसार यो वर्ष पनि मन्दिरको लिंगा फेरिएको हो । सो मन्दिरमा प्रयोग हुने ५२ हाते लिंगो र ५२ हाते कपडाको ध्वजा सहित नयाँलिंगो फेरिएको चन्दननाथ भैरवनाथ मन्दिरका गुठि व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले जानकारी दिनुभयो ।

परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिंगोहरु झिकेर नयाँ लिंगो खडा गर्ने गरेको ंस्थानीय खस संस्कृतिका जानकार रमानन्द आचार्यले बताउनुभयो । हरेकबर्ष जिल्लाका सरकारी उच्च स्तरका व्यक्तिहरुको उपस्थितिमा स्थानीयवासि र सुरक्षाकर्मीहरुको सहयोगमा मन्दिरमा लिंगा गाड्ने परम्परारही आएको चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिले जनाएको छ ।

चन्दननाथ नगरपालिका–३ रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो नेपाली सेना र प्रहरीले ल्याइ चन्दननाथ मन्दिरमा हरेकवर्ष घटस्थापनाका दिन ५२ हाते लिंगो गाड्ने परम्परा रहेको यहाँका स्थानीयवासि बताउँछन् । चन्दनाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार लिंगो गाड्ने परम्परालाई स्थानीयले विशेष पर्वकै रूपमा लिने गरेकाछन्  । कर्णाली प्रदेश सरकारले पनि लिंगो ल्याउने दिन सरकारी बिदासमेत दिने गरेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?