संविधानको पालना नभए सुशासन हुँदैन : गृहमन्त्री खाँण

हिमालय टाइम्स
Read Time = 4 mins

चन्द्रकान्त खनाल
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेको बताउनु भएको छ । रिपोर्टर्स क्लब लुम्बिनीको पाँचौ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताउनु भएका हो ।

“संविधानप्रति प्रतिद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन त्यसका लागि पहिले नागरिक देशको नागरिक बन्न पाउनुपर्छ”, उहाँले भन्नुभयो । गृहमन्त्री खाँणले कुनै पनि नागरिक नागरकिताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गर्नुभयो ।

लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद भएको चर्चा गर्दै उहाँले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लंघन हुनु गलत भएको बताउनु भया । “नागरिकता नहुँदा एउटा सिमकार्ड किन्न समेत समस्या सृजना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने भन्दै उहाँले प्रश्न गर्नु भयो । मन र मस्तिष्क जोडेर काम गर्न सके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उहाँले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्यांकन समेत गर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गर्दै उहाँले यही कारण संघीयता विरोधी प्रश्न उठाउने ठाउँ पाएको बताउनु भयो । उहाँले आगामी दिनमा सरकारले यसलाई चिर्नसक्नुपर्ने उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिब चन्द्रप्रकाश खनालले राजनीतिलाई सहि दिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले क्लबले विमोचन गरेको स्मारिकको विषयमा बोल्दै सुशासन आफैमा राम्रो शब्द भए पनि विश्लेषकहरुले सुशासनको अवस्था राम्रो नभएको बताउनु भयो ।
बरिष्ठ बालकृष्ण चापागाईँले सञ्चारमाध्यमले सरकार र सरकारको नेतृत्वमा रहेका व्यक्तिले गरेका कामको खोजमूलक समाचार लेख्न आग्रह गर्नु भयो। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गणतन्त्र र संघीयतालाई अघि बढाउन क्लबले मिसन पत्रकारकारिता गरेको बताउँदै संविधान सभाबाट संविधान ल्याउन क्लबमा धेरै बहस गरेको बताउनु भयो।

कार्यक्रममा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्य, रेखा भुसाल र दाङका पत्रकार विजय घिमिरे तथा पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?