नेपाल माल्दिभ्ससँग पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राती भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१-४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७-३६ ले हराएको थियो ।

प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलंका र भुटान सहभागी छन् । नेपालले आफ्नो दोस्रो खेल यही असोज ११ गते श्रीलंकासँग खेल्नेछ । त्यस्तै, राउण्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग यही असोज १२ गते खेल्नेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?