‘वडाध्यक्ष कप’ फुटसलको उपाधि गुरूमार्ग युवा क्लबलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रथम ‘वडाध्यक्ष कप’ फुटसलको उपाधि गुरूमार्ग युवा क्लबले जितेको छ । काठमाडौं महानगरपालिका-८ द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनलमा सिर्जनशील युवा क्लबलाई पाँच-दुई गोलअन्तरले हराउँदै गुरूमार्ग विजेता बनेको हो ।
खेलको सुरुवाती चरणमा सिर्जनशील युवा क्लबले अग्रता लिएको थियो । पछि गुरूमार्ग लयमा फर्किदै जित हासिल गरेको हो ।

तियोगितामा उत्कृष्ट समूहको ट्रफी सन्ध्या पुस्तकालयले हात पारेको छ । उत्कृष्ट ‘किपर अफ द म्याच’ को ट्रफी सनिर श्रेष्ठ, उत्कृष्ट किपरको ट्रफी सञ्जीव तामाङ, सबैभन्दा बढी गोल गर्ने सुप्रिम डंगोल तथा ‘प्लेयर अफ द सिजन’ को ट्रफी मनिष सेढाइँले प्राप्त गर्नुभयो ।
विजेता खेलाडीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेस काठमाडौं क्षेत्र नं. ४ का सभापति श्यामकृष्ण संगत, बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दिपक गुरूङ, कार्यक्रम संयोजक शेखर देउला, काठमाडौं महानगरपालिका-८ का अध्यक्ष आशामान संगत, वडा सदस्यहरू सरस्वती राजभण्डारी, सलोनी ओडारी, राजलक्ष्मी भुसाललगायतले पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा उहाँहरूले खेलकुदको विकासका लागि वडा तहदेखि प्रतियोगिता आयोजना गरिनुपर्नेमा जोड दिनुभयो । प्रथम वडाध्यक्ष कप फुटसलका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा कामपा-८ का सन्ध्या पुस्तकालय, जय वागेश्वरी युवा क्लब, गुहृयेश्वरी विनायक युवा क्लब, नव अमरकान्तेश्वर युवा समूह, गुरूमार्ग युवा क्लब, तिलगंगा युथ एलाइन्स, पशुपति सिर्जनशील युवा क्लब तथा श्री देउला समाज सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?